प्रस, जीतपुर, २६ वैशाख/
नेपाल आयल निगम, प्रमुख इन्धन वितरण डिपो अमलेखगंजले साताको तीन दिन मात्रै इन्धन वितरण हुने जनाएको छ।
वितरण डिपो अमलेखगंजले सूचना जारी गर्दै आइतवार, बुधवार र शुक्रवार मात्रै इन्धन वितरण हुने जनाएको छ।
स्थानीय प्रशासनको आग्रहबमोजिम सातामा तीन दिन मात्रै पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय भएको निगमका प्रादेशिक कार्यालय प्रमुख इन्जिनीयर प्रदीपकुमार यादवले बताए। उनले स्थानीय पम्प तथा निगमका डिपोहरूलाई पनि सोही अनुसार इन्धन भर्ने व्यवस्था गर्न आग्रह गरेका छन्।