निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधन नियन्त्रण

प्रस, सर्लाही, २६ वैशाख/

जिल्ला प्रहरी कार्यालय सर्लाहीले निषेधाज्ञा अवज्ञा गर्ने १९७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

निषेधाज्ञा अवज्ञा गरेको भन्दै बस, म्याजिक, कार, टेम्पो, ट्याक्टर र मोटरसाइकल गरी १९७ सवारीसाधन नियन्त्रणमा लिएको जिप्रका सर्लाहीले जनाएको छ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको २४ गते बसेको बैठकको निर्णय अनुसार शनिवार राति १२ः०० बजेदेखि ३१ गते राति १२ः०० बजे सम्म सर्लाहीमा निषेधाज्ञा जारी गरिएको छ।

आइतवार १० बजेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेको अन्य कार्यालयसमेतमा चेकजाँच गर्ने क्रममा निषेधाज्ञा उल्लङ्घन गरी चलाउने बस, म्याजिक, कार, टेम्पो एक/एक वटा तथा ट्याक्टर ३ वटा र मोटरसाइकल १९० वटा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यसैबीच, सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या एक्कासि बढेको छ।

बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, जीउ ढाड दुख्ने, टाउको दुख्ने र छाती दुख्ने जस्तो कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्