पत्रकार सहायता कोष स्थापना

प्रस, गरुडा, २६ वैशाख/

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले पत्रकार सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ। आइतवार शाखा कार्यालय गौरमा बसेको बैठकले जिल्ला सदस्य तथा अन्य क्रियाशील पत्रकारहरूका लागि पत्रकार सहायता कोष स्थापना गर्ने निर्णय गरिएको शाखा सचिव मदन ठाकुरले जानकारी गराएका छन्।

कोषमा विभिन्न स्रोतबाट रकम सङ्ग्रह गरिने बताउँदै सचिव ठाकुरले माछापुच्छे« बैंकको गौरस्थित शाखामा खाता पनि खोलिएको जानकारी गराएका छन्। शाखाको निर्णय सार्वजनिक हुनासाथ कोषमा चन्द्रनिगाहपुरका समाजसेवी देवेन्द्र अर्यालले पच्चीस हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्