निषेधाज्ञाको मौका छोपी निर्माण सामग्रीको मूल्य बढाइयो

0

प्रमोद यादव, पचगावाँ, २६ वैशाख/

निषेधाज्ञाको कारण सिमेन्ट र छडको मूल्य वृद्धि भएको छ।

पर्साको ग्रामीण क्षेत्रमा रहेका हार्डवेयर पसलेहरूले निषेधाज्ञाको मौका छोपी छड र सिमेन्टको मूल्यवृद्धि गरेका हुन्। निषेधाज्ञा अघि छड प्रतिक्विन्टल रु ८ आठ हजार थियो तर अहिले प्रति क्विन्टल रु १० हजार ५ सयमा बेचिरहेका छन्।

यस्तै निषेधाज्ञा अघि ओपिसी सिमेन्ट रु ६८० प्रतिबोरा बिक्री भइरहेकोमा अहिले रु ७३० मा बिक्री गरिरहेको स्थानीयले गुनासो गरेका छन्।

निषेधाज्ञा अघि पिपिसी सिमेन्ट प्रतिबोरा रु ५५० मा बिक्री भइरहेकोमा अहिले रु ६ सयमा बिक्री भइरहेको एकजना उपभोक्ताले बताए।

सरोकारवाला निकायले ग्रामीण क्षेत्रका पसलहरू अनुगमन नगर्दा हार्डवेयर पसलेहरूले छड, सिमेन्टको मूल्य बढाएका छन् जसले गर्दा पसलैपिच्छे मूल्य फरक हुने गरेको सखुवापरसौनी गापाका विनोद यादवले बताए।

महुवन, रङ्गपुरटाँडी, श्रीपुर पचगावाँलगायत स्थानमा छड, सिमेन्ट बिक्री हुने गरेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here