सङ्क्रमित थुनुवाहरूलाई छुट्टै व्यवस्था

प्रस, वीरगंज, २६ वैशाख/

जिल्ला प्रहरी कार्यालय, पर्साले सङ्क्रमित थुनुवाहरूको लागि छुट्टै व्यवस्था मिलाएको छ।

जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक ओमप्रकाश खनालले सङ्क्रमित थुनुवाहरूको लागि विपद् व्यवस्थापन गुल्ममा छुट्टै व्यवस्थापन गरिएको बताए। उनीहरूलाई औषधि, भोजन निश्शुल्क व्यवस्था गरिएको जानकारी गराएका छन्।

जिप्रका पर्सामा ७९ जना थुनुवा छन् र तीमध्ये तीनजना महिला छन्। थुनुवामध्ये १० जना दुई हप्ता पहिले सङ्क्रमित भएका थिए र उनीहरू अहिले सङ्क्रमणमुक्त भइसकेका छन्। पहिलो चरणको कोरोनामा जिल्ला प्रहरी कार्यालय, पर्साले थुनुवाहरू सङ्क्रमित भएपछि उनीहरूलाई रानीसति अतिथि सदन वीरगंजमा व्यवस्थापन गरेको थियो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्