४३ वटा अक्सिजन सिलिन्डर बरामद

प्रस, रौतहट, २६ वैशाख/

प्रहरीले रौतहटको विभिन्न स्थानबाट ४३ वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको छ।

गरुडा, गौर र चन्द्रपुरको सात स्थानबाट प्रहरीले शनिवार ४३ वटा सिलिन्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।

७ किलो तौल भएको २८ वटा, १.५ किलो तौल भएको ३ वटा र खाली अक्सिजन ७ किलो तौल भएको १२ वटासमेत गरी ४३ वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्