सप्तरीमा एकजना सङ्क्रमितको मृत्यु

प्रस, सप्तरी, २६ वैशाख/

कोरोना सङ्क्रमित एकजना पुरुषको गए राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। बोदे बरसाइन नगरपालिका– १० का ३५ वर्षीय पुरुष बिरामी भएपछि गत बुधवार अस्पताल भर्ना भएका थिए। उनको उपचारकै क्रममा गए राति मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्