सबै मापदण्ड तोड्दै कोरोना

0

कोरोनाको पहिलो लहर चल्दा यसको रोकथाम, प्रसार र प्रभावकारिताबारे जति मापदण्ड बनाइएका थिए, दोस्रो लहरले ती सबै ध्वस्त पारिदिएको छ। हिजो कम उमेरका (बालकहरूबाहेक) बूढा, दीर्घरोगीहरूलाई कोरोनाले प्रभावित पार्ने, युवा र किशोरहरू यसको चपेटबाट, शरीरमा प्रतिरोधक क्ष्Fमता विद्यमान रहेकोले सुरक्ष्Fित रहने भनिएको थियो। मृत्युदर ४ प्रतिशतमा सीमित राखिएको थियो। हिजो कोरोना सङ्क्रमणको दर मानिसबाट मानिससम्म हुने भनिएको थियो। कोरोनाका जुन लक्ष्Fणहरू बताइएको थियो, आज कोरोना सम्बन्धमा यी कुनै कुरा लागू भइरहेको छैन। सबै उमेरका मानिस कोभिड सङ्क्रमित भइरहेका छन्, मृत्युदरले १० प्रतिशत नाघिसकेको छ। आज घरघरमा कोरोना सङ्क्रमित देखिन थालेका छन्। आज रूघाखोकी नलागेको, ज्वरो नआएको मानिस पनि कोरोना सङ्क्रमित भइरहेको छ। देशले अनुदान नै पाएर भएपनि अति जोखिममा रहेका वृद्ध तथा दीर्घरोगीहरूका लागि कम्तिमा एक चरणको खोप उपलब्ध गराएको छ। यसले केही भरथेग गरेको हुनुपर्छ, यद्यपि खोप लगाएका चिकित्सकहरू नै पुनः सङ्क्रमित भएको खबर पनि नआएको होइन।

साँच्ची भन्ने हो भने अहिले कोरोनाको उपचार त सम्भव नै देखिएको छैन, सङ्क्रमण हुन नदिनु नै एक मात्र उपाय देखिएको छ। जसका लागि सरकारले लकडाउनभन्दा माथि गएर निषेधाज्ञा नै जारी गरेको छ। शुरूमा आठ जिल्लामा लागू भएको निषेधाज्ञा आज देशका साठीभन्दा बढी जिल्लामा लागू भइसकेको छ। हिजो लकडाउनबाट शुरू भएको प्रतिरोधात्मक उपाय आज पहिलो झम्टामैं निषेधाज्ञाबाट शुरू भएको छ। विडम्बना के छ भने अहिले अस्पतालहरूले कुनै पनि रोगीलाई भर्ना गर्न मानिरहेका छैनन्, जो भर्ना भएका छन्, तिनका लागि जानिएको औषधि रेम्डेशिभिर उपलब्ध छैन। साढे तीन हजार भारु पर्ने यो औषधि मानिस हेरेर कालाबजारियाहरूले बीस, तीस, चालीस र पचाससम्म पनि बेचिरहेका छन्। वीरगंजलाई हिजो पनि कोरोनाको इपी सेन्टर भनियो र आज पनि त्यस्तै अवस्था छ, जहाँका अस्पतालका निर्धारित बेडहरू भरिसकेका छन्, हिजो भर्खर रेम्डेशिभिर आएको समाचार प्राप्त भएको छ, त्यो पनि जम्मा १५० थान। रोगी हेरी यो इन्जेक्शन दुईदेखि छवटासम्म लगाउनुपर्ने हुन्छ। र वीरगंजमा दैनिक परीक्षणपिच्छे सय नाघेको सङ्ख्यामा सङ्क्रमित बढिरहेका छन्।

यो भयावह अवस्था हो, त्योभन्दा पनि कारुणिक अवस्था हो। भयावहतालाई त कम पार्न सकिन्न, किनकि महामारीको भय शारीरिक मात्र होइन, मानसिक पनि हुन्छ। तर अवस्था कारुणिक बन्नु निश्चय नै दुःखदायी हो। कारुणिक यस मानेमा कि रोगीलाई भर्ना नै नलिनु, औषधिको कालाबजारी हुनु, प्रशासन निस्सहाय देखिनु अहिले नियति बनेको छ। यद्यपि नागरिकले संयम धारण गरेको छ, प्रशासन आफ्नो तवरमा सतर्क र सजग छ, तर प्रशासनको मियो सरकार नै अस्थिर छ। सरकारलाई कोरोनाभन्दा जटिल रोगको सङ्क्रमण भएको छ। त्यसबाट पार नपाउन्जेल महामारीबारे गम्भीरतापूर्वक कुनै योजना बन्नेछैन, औषधि उपलब्धताका लागि कागजी र मौखिकबाहेक ठोस प्रयास हुनेछैन। कोरोनाले सबै भौतिक गतिविधि ठप्प पारेको त छ नै, सरकारको अश्चितताले मनलाई एनिस्थिया लिएको रोगीको अवस्थामा पु–याइदिएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here