लकडाउनमा घरमैं बस्न बाध्य व्यक्तिहरूले आफ्नो श्वसन प्रणाली र फोक्सो स्वस्थ बनाउन केही योग गर्न सक्छन्। यी आसनले शरीरमा आक्सिजनको स्तर बनाइराख्न मदत पु–याउँछ।
१) ताडासनः जब तपाईं खुट्टाको पञ्जामा उभिनुहुन्छ र हातलाई टाउको माथि सीधा पु–याउनुहुन्छ, यसले रेस्पिरेटरी सिस्टममा अक्सिजनको लागि बढी स्थान बनाउँछ। यसबाट फोक्सोको क्षमता पनि बढ्छ।
२) बलासनः भुइँमा बसेर हातले जमीनमा टेकौं। यसबाट ब्रिदिङ पैटर्न नियमित हुन्छ। फोक्सोमा अक्सिजन बढ्छ र रगतमा पनि अक्सिजन पुग्छ।
३) मत्स्यासनः यसमा पलेटी कसेर जमीनमा बसी टाउकोलाई पछाडितर्फ र जमीनमा टिकाउनुपर्छ। मेरुदण्डको हाड जमीनभन्दा माथि उठेको हुनुपर्छ। छाती माथितर्फ उठेको हुनुपर्छ, फोक्सोमा अक्सिजनको लागि बढी ठाउँ बन्छ।
४) त्रिकोणासनः सीधा उभिने, गहिरो सास लिने। बिस्तारै–बिस्तारै सास छोड्दै एउटा हात तल लैजाने र अर्को हात आकाशतर्फ। यसबाट पेटको बाहिरी मसलको कसरत हुन्छ। श्वसन प्रक्रिया राम्रो हुन्छ।
५) वृक्षासनः यस आसनमा एउटा खुट्टामा उभिएर दुवै हातलाई माथितर्फ जोड्दै उल्टो भी बनाउने। यस स्थितिमा गहिरो सास लिनुपर्छ र सामान्य स्थितिमा फर्किने समय सास छाड्नुपर्छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)