घरमैं यसरी बनाऔं डिटक्स वाटर

0

हाम्रो दैनिकी, खानपानको कारण शरीरमा टक्सिन्स जम्मा हुन्छ र रोग लाग्न थाल्छ। त्यसैले समय–समयमा डिटक्सिफिकेशन गर्नुपर्छ। यसको थुप्रै तरीका छ तर सबैभन्दा सजिलो तरीका हो वाटर डिटक्स। विज्ञको सुझाव अनुसार यदि तपाईंले घरमैं डिटक्स वाटर बनाउँदै हुनुहुन्छ भने तयार गरेको ३–४ घण्टाभित्र त्यसको सेवन गर्नुपर्छ।

फूड ब्लगर मुद्रा केसवानीले भनिन्, मलाई हालै कोरोना भएको थियो जसमा मैले इम्युनिटी बढाउन तुलसी र बेसिलको पानी प्रयोग गरे। यसबाट इम्युन सिस्टम बलियो भयो। डिटक्स वाटर कोठाको तापक्रम अनुसार भएमा त्यसले चाँडै असर गर्छ। साथै शरीरलाई हाइडे«ट र डिटक्स राख्नुपर्छ। यसको अलावा नरियल पानीमा फलफूल मिसाएर पनि सेवन गर्न सकिन्छ।

पानी, बेसार र पालुङ्गोको डिटक्स वाटरः पालुङ्गो एउटा राम्रो डिटक्सिफाइङ एजेन्ट हो। पालुङ्गोलाई बेसारसँग पिसेर लेप बनाउने। एक दिनमा एक कप वा दुई कप सेवन गर्न सकिन्छ। सम्भव भएसम्म पालुङ्गोको साग हरेक दिन खानामा सामेल गर्नुपर्छ। बेसारमा एन्टिसेप्टिक हुन्छ, पालुङ्गोले इम्युनिटी बढाउँछ।

आँपको पाचकले कोलेस्ट्रोललाई कम गर्छ र इन्सुलिनमा सुधार गर्छ। तुलसीको पातमा एन्टिआक्सिडेन्ट हुन्छ जसले धेरै रोगबाट जोगाउँछ। ३–४ वटा ल्वाङ, सुकमेल, दालचिनी, अदुवा, मरिच पिसेर चिया बनाउने त्यसलाई सेलाउन दिई कोठाको तापक्रम अनुसार बनाउने र मह तथा कागती राखेर सेवन गर्न पनि सकिन्छ। डाइटिशियन निधि पाण्डेयका अनुसार पेयमा मसालासँगै मह र कागती राखिन्छ, त्यसबाट मसालाको गर्म प्रभाव सन्तुलित हुन्छ। शक्खर र इमलीले शरीरमा भिटामिन, मिनरल्स र एन्टिआक्सिडेन्ट पु–याउँछ। शलगमबाट इम्युनिटी बढ्छ, कफमा आराम पु–याउँछ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here