आक्सिमिटर बढी मूल्यमा बिक्री गर्ने औषधिपसले पक्राउ

प्रस, वीरगंज, २५ वैशाख/

जिल्ला प्रहरी कार्यालय पर्साले बढी मूल्य लिएर आक्सिमिटर बिक्री गरेको कसूरमा एकजना औषधिपसलेलाई पक्राउ गरी कारबाई शुरू गरेको छ।

वीरगंज महानगरपालिका–१६ नगवामा आफ्नै घरमा औषधिपसल सञ्चालन गरेका ३२ वर्षीय रामहरि तिवारीलाई प्रहरीले आक्सिमिटर महँगो मूल्यमा बिक्री गरी कालोबजारी गरेको भन्दै पक्राउ गरेको हो। प्रहरीले रु १९ सय पर्ने आक्सिमिटर रु ३५ सयमा बिक्री गरेको सूचनाको आधारमा पक्राउ गरेको बताएको छ। तिवारीको पसलबाट १२ थान आक्सिमिटर बरामद भएको प्रहरीले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्