प्रस, वीरगंज, २५ वैशाख/
नारायणी अस्पताल वीरगंजमा रेमडिसिभिर १५० थान आइपुगेको प्रवक्ता डा सरोजरोशन दासले बताएका छन्।
विज्ञप्ति जारी गर्दै उनले कोरोना सङ्क्रमितको लागि आवश्यक रेमडिसिभिर १५० थान आइपुगेको जानकारी गराए। उनले सो रेमडिसिभिर चिकित्सकको सल्लाहमा सङ्क्रमितलाई परल मूल्यमा उपलब्ध गराउने बताए।
यसअघि, अस्पतालमा रेमडिसिभिर आएको र त्यसको गलत उपयोग गरिएको भन्ने समाचार गलत भएको उनले बताए। पहिलोपटक आज मात्र १५० भाइल आएको र त्यसअघि रेमडिसिभिर नआएको उनले प्रस्ट्याए।