पर्सागढीमा दुईजना सङ्क्रमितको मृत्यु

प्रस, बिरुवागुठी, २५ वैशाख/

पर्सागढी नगरपालिकामा शनिवार कोरोना सङ्क्रमित दुईजनाको मृत्यु भएको छ। पर्सागढी नपा–३ बडनिहार निवासी २९ वर्षीय पुरुषको वीरगंजबाट उपचारका लागि झापाको बिर्तामोड लाने क्रममा मृत्यु भएको हो।

यसैगरी, पर्सागढी नपा–९ बडेर्वा निवासी ४६ वर्षीय कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। सङ्क्रमित महिला विगत केही सातादेखि वीरगंजको ट्रमा सेन्टरमा उपचार गराउँदै आएकी थिइन्। उनी र उनका छोरा सङ्क्रमित भएपछि ट्रमा सेन्टरमा उपचार गराउँदै थिए। छोरा अहिले पनि सोही अस्पतालमा उपचारार्थ भर्ना छन्।

मृतक दुवैजनाको आजै हिन्दू परम्परा अनुसार नेपाली सेनाले अन्तिम संस्कार गरेको छ। पर्सागढीमा यसअघि दोस्रो लहरमा एकजनाको मृत्यु भइसकेको छ। योसमेत पर्सागढी नपामा तीनजना सङ्क्रमितको मृत्यु भएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्