१४५ जना सङ्क्रमित, दुईजनाको मृत्यु

76

प्रस, वीरगंज, २५ वैशाख/

नारायणी पिसिआर प्रयोगशाला वीरगंजले शनिवार १४५ जना सङ्क्रमित पुष्टि गरेको छ।

शुक्रवार सङ्कलित स्वाबको पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा पिसिआर विधिबाट १३६ जना र एन्टीजेन विधिबाट ९ जना गरी १४५ जना सङ्क्रमित पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए। उनले सङ्क्रमित पुष्टि हुनेमा पर्साका १०५ जना, बाराका २७ जना रौतहटका ८ जना सर्लाहीका ४ जना र महोत्तरीका एकजना रहेको तथा उनीहरूको उमेर ९ देखि ८५ वर्षसम्म भएको बताए। सङ्क्रमित हुनेमा सयजना पुरुष र ४५ जना महिला छन् र उनीहरूको सिटी भ्यालू १५.१ देखि ३५.७ सम्म रहेको संयोजक डा दासले बताए।

यसैबीच, नारायणी अस्पतालमा शनिवार दुईजना पुरुष सङ्क्रमितको मृत्यु भएको छ। कोभिड संयोजक डा दासले बारा जिल्लाका ४५ वर्षीय पुरुषको बिहान साढे एक बजे निधन भएको बताए। उनी वैशाख २२ गते सङ्क्रमित पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए।

यसैगरी, आजै बिहान पौने १२ बजे रौतहटका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। उनी पनि वैशाख २२ गते सङ्क्रमित पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्