निषेधाज्ञामा एम्बुलेन्सबाट मानिस ओसार्ने कार्य

नितेश कर्ण, वीरगंज, २४ वैशाख/

                निषेधाज्ञामा एम्बुलेन्सबाट बिरामीको नाममा मानिस ओसार्ने कार्य भइरहेको तथ्य खुलेको छ।

                बिहीवार भारतको रक्सौलबाट वीरगंज आएको एउटा एम्बुलेन्समा बिरामीको सट्टा मानिस ढुवानी भएको पाइएको थियो। एम्बुलेन्सबाट मानिस ढुवानी भएको तथ्य खुलेपछि अहिले कडाइ गरिएको छ। भारतीय एम्बुलेन्सबाट आउनेहरूलाई नेपाली एम्बुलेन्समा राखेर गन्तव्यसम्म पु–याउने गरिएको छ।

                निषेधाज्ञा अवधिमा वीरगंजमा एम्बुलेन्स सेवाको व्यापक दुरुपयोग भइरहेको गुनासोसँगै सुरक्षाकर्मीले यस सम्बन्धमा निगरानी बढाएको थियो। अहिले पनि बिरामीको नाममा एम्बुलेन्सहरूले लुकीछिपी मानिसहरू ओसारिरहेको स्रोतले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्