प्रस, सप्तरी, २४ वैशाख।
सप्तरीको कञ्चनरूपमा शुक्रवार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
कञ्चनरूप नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा २१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा एकजना बालकसहित १७ जनामा सङ्क्रमण देखिएको बताइन्छ।
सङ्क्रमित हुनेको उमेर ९ देखि ५० वर्ष रहेको स्वास्थ्य शाखा कञ्चनरूपले जनाएको छ। योसँगै कञ्चनरूपमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ। जसमा ४३ जना होम आइसोलेशनमा छन् भने दुर्ईजना विराटनगर र एकजना राजविराजमा उपचाररत रहेको स्वास्थ्य शाखाले जनाएको छ।