प्रादेशिक अस्पतालमा भेन्टिलेटर जडान

प्रस, जनकपुरधाम, २४ वैशाख/

                जनकपुरधामको प्रादेशिक अस्पतालमा ८ वटा भेन्टिलेटर जडान भइरहेको छ। शुक्रवार बिहानैदेखि भेन्टिलेटर जडान भइरहेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोदकुमार यादवले जानकारी दिए।

                प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रदान गरेको आठवटा भेन्टिलेटर जडान हुन लागेको मेसु डा यादवले बताए।

                प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना महामारीलगायत अन्य समयमा सिकिस्त बिरामीहरूलाई बाहिर रेफर गरिंदै आएको थियो।

                प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा ठूलो अस्पतालको रूपमा प्रादेशिक अस्पताल भएपनि जनशक्ति तथा साधन स्रोतको अझै अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्