बुधवार १९० जना सङ्क्रमित

66

प्रस, वीरगंज, २२ वैशाख/

                नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले बुधवार बिहान १९० जना सङ्क्रमित पुष्टि गरेको छ।

                अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले २८८ वटा स्वाब नमूना सङ्कलन गरी पिसिआर परीक्षण गर्दा १७५ जनामा सङ्क्रमण पुष्टि भएको र एन्टिजेन विधिबाट १५ जना गरी १९० जना सङ्क्रमित भएको बताए।

                आज सङ्क्रमित पुष्टि हुनेमा पर्साका १३३, बाराका ४१, सर्लाहीका ७, रौतहटका ५, धनुषा, महोत्तरी, सप्तरी र नेपालगंजका १/१ जना गरी १९० जना सङ्क्रमित छन्।

                सङ्क्रमितमध्ये ५ देखि ७० वर्षका ५७ जना महिला र १३३ जना पुरुष छन् भने उनीहरूको सिटी भ्यालु १६ देखि ३५.५ रहेको अस्पतालका प्रवक्ता डा. दासले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्