११५ जना सङ्क्रमित, दुईजनाको मृत्यु

0

प्रस, वीरगंज, २१ वैशाख/

                नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले मङ्गलवार बिहान ११५ जना सङ्क्रमित पुष्टि गरेको छ।

                सोमवार १९२ जनाको स्वाब नमूना सङ्कलन भएको र परीक्ष्Fणबाट ११५ जना सङ्क्रमित पुष्टि भएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए।

                सङ्क्रमित हुनेमा पर्साका ८७ जना, बाराका २४ जना र रौतहटका ४ जना छन्। उनीहरूको सिटी भ्यालू १७ देखि ३५.६ रहेको छ। सङ्क्रमितमध्ये ३१ जना महिला, ८४ जना पुरुष भएको र उनीहरूको उमेर ५ देखि ८० वर्षसम्म रहेको प्रवक्ता डा दासले बताए। सङ्क्रमितमध्ये १२ जनालाई आज अस्पतालमा भर्ना गरिएको छ।

                यसैबीच नारायणी अस्पतालमा आज बिहान एकजना सङ्क्रमितको मृत्यु भएको छ। वीरगंज महानगरपालिका–१६ निवासी २६ वर्षीय युवकको मृत्यु भएको प्रवक्ता डा दासले बताए। पोजिटिभ भएपछि युवकलाई वैशाख १६ गते अस्पतालमा भर्ना गरिएको र मङ्गलवार ११ः३० बजे मृत्यु भएको उनले बताए। यस अघि सोमवार साँझ नेशनल मेडिकल कलेजमा एकजना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।

                पर्सागढी नगरपालिका–९ निवासी ३४ वर्षीय युवकको हिजो साँझ ७ः३० बजे निधन भएको थियो। उनलाई वैशाख १८ गते पोजिटिभ भएपछि नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पतालमा भर्ना गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी गराए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here