ग्रीन सिटीद्वारा औषधि सेवा शुरू

0

प्रस, वीरगंज, २१ वैशाख/

                ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले आजदेखि औषधि सेवा शुरू गरेको छ। निषेधाज्ञाको समयमा आवश्यक औषधि भारतबाट ल्याउन कठिनाइ भएको कुरालाई मध्यनजर गर्दै औषधि सेवा शुरू गरिएको केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए।

                यस अघि लकडाउनमा जिल्ला प्रहरी कार्यालय, पर्साले भारतको रक्सौलबाट औषधि ल्याउने काम शुरू गरेको थियो। पछि ग्रीन सिटी सेवा केन्द्रले सोही कार्यलाई तीन महीना निरन्तरता दियो। अहिले भारतको रक्सौलबाट औषधि ल्याउन स्थानीयहरूले आग्रह गरेपछि सेवा शुरू गरिएको अध्यक्ष खेतानले बताए।

                ग्रीन सिटीले निषेधाज्ञा अवधिमा निश्शुल्क अक्सिजन मारवाडी सेवा ट्रस्टको सहयोगमा सञ्चालन गरेको छ भने जिल्ला प्रहरी कार्यालय, पर्सालाई दुईवटा एम्बुलेन्स सङ्क्रमित ढुवानीको लागि उपलब्ध गराएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here