सोमवार १०४ जना सङ्क्रमित

69

प्रस, वीरगंज, २० वैशाख/

                नारायणी अस्पतालको प्रयोगशालाले सोमवार १०४ जना सङ्क्रमित पुष्टि गरेको छ।

                १९२ जनाको स्वाब आइतवार सङ्कलन गरिएको र सोबाट १०४ जना सङ्क्रमित थपिएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए।

                सङ्क्रमित हुनेमा पर्साका ८८, बाराका ११, रौतहटका ३ र सर्लाहीका १ जना छन्। उनीहरूमध्ये ३८ जना महिला र ६६ जना पुरुष रहेका छन्। उनीहरूको सिटी भ्यालू १५.५ देखि ३५.५ सम्म रहेको छ।

                सङ्क्रमितहरू १७ देखि ६९ वर्ष उमेरका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्