रुद्री प्रसाद खाने २५ जना बिरामी

37

प्रस, सर्लाही, २० वैशाख/

                लालबन्दी नगरपालिका–६ मा रुद्री पूजाको प्रसाद खाने  २५ जना बिरामी भएका छन्।

                लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रवार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा २५ जना बिरामी भएका हुन्।

                रुद्री पूजा सकिएपछि सेलरोटी, पुरी, तरकारी, अचार र दही खाएका स्थानीय जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद शर्मा, मनोजकुमार बराल, दीपेन्द्र अधिकारी, सलिना तामाङ, पूजा लगाउने घमबहादुर कार्की, उनकी पत्नी र  छोराछोरीसमेत बिरामी परेका हुन्।

                शुक्रवार प्रसाद खाएपछि पेट दुख्ने, सामान्य ज्वरो आउने समस्या देखिएको र आइतवार राति उनीहरू अस्पताल भर्ना भएका थिए।

                बिरामी भएका उनीहरूमा अत्यधिक झाडापखाला लाग्ने, बान्ता हुने, उच्च ज्वरो, पेट दुख्ने र टाउको दुख्ने समस्या देखिएका छन्।

                त्यसमध्ये प्रसादमा कटहरको तरकारी नखानेहरू बिरामी नपरेको मनोजकुमार बरालले बताए। बिरामी परेकाहरूको लालबन्दीको मोडेल, सूर्योदय, सिटी केयर र गढीमाई अस्पतालमा उपचार भइरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्