अपहरणको आरोपमा महिला पक्राउ

77

प्रस, वीरगंज, २०  वैशाख/

                पर्सा प्रहरीले बालिका अपहरण गरेको शङ्कामा एकजना महिलालाई नियन्त्रणमा लिएको छ।

                बिहार, टुमरियाटोल निवासी ४५ वर्षीया महिलालाई बालिका अपहरणको अभियोगमा नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। कलैया उपमहानगरपालिकाको मोतीबागका बृजकिशोर सर्राफका ४ वर्षीया छोरीलाई ती महिलाले अपहरण गरेको आरोप छ।

                उनी सर्राफको घरमा डेरा लिई बसेको र बालिकालाई ललाइफकाइ अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रउ पाण्डेले बताए। महिलाले भने बालिकाको आमासँग सोधेर रक्सौल घुमाउन लिएर आएको बताइन्। पर्सा जिल्लामा निषेधाज्ञा रहेको र रक्सौल आवतजावतमा बन्देज लागेको बेला महिलाको कुरा आफैंमा विरोधाभासपूर्ण छ।

                सोमवार बिहान ९ बजे घरबाट बालिका हराएको समाचार फैलिएको थियो। बालिकाको मामाघर वीरगंज महानगरपालिकाको भेडियाहीमा खबर गरी त्यहाँबाट वीरगंजका विभिन्न स्थानमा बालिकाको सोधखोज गर्ने क्रममा बालिका महिलासँगै नगवामा फेला परेको प्रहरीले बताएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्