निषेधाज्ञाको प्रभाव ग्रामीण भेगमा न्यून

134

प्रस, ठोरी, १९ वैशाख/
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञाको प्रभाव चौथो दिन पनि ठोरी गाउ“पालिकामा परेको छ । गापामा यात्रुवाहक सवारीसाधन चलेका छैनन् तर मोटरसाइकल भने निर्बाध सञ्चालनमा छन् ।

यसैगरी, कृषि र विकास निर्माण कार्यको प्रयोजनका लागि ट्याक्टरको सञ्चालन पनि रोकिएको छैन । ठोरीका विभिन्न चोकमा प्रहरी तैनाथ छन् र अनधिकृतरूपमा सञ्चालित सवारीसाधन, पसल, व्यवसायहरू सञ्चालनमा रोक लगाउने गरेका छन् । प्रहरीको यो अभियानमा स्थानिय जनप्रतिनिधिहरूले सघाउ“दै आएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले निषेधाज्ञा पालना गराउन गापाका जनप्रतिनिधिहरूले प्रहरीलाई सहयोग गरेको बताए । उनले ठोरी गापा–५ सुवर्णपुरका स्थानीय जनप्रतिनिधिको पहलमा पसल व्यवसाय बन्द गराएको र अन्य वडाध्यक्ष, सदस्यहरूले पनि प्रहरी अभियानमा सघाएको प्रनि साहले बताए ।

ठोरी–२ मा इलाका प्रहरी कार्यालय ठोरी मातहत चारवटा प्रहरी चौकी छन् भने सशस्त्र प्रहरीको पनि सोहीअनुरूपको बोर्डर आउटपोस्ट छन् । थोरै सङ्ख्यामा सुरक्षाकर्मी भएको र भारतको सीमास“ग जोडिएको गापा भएकोले सीमा र गापा दुवैमा निगरानी बनाउन सुरक्षाकर्मीलाई समस्या हुने कुरालाई दृष्टिगत गरेर जनप्रतिनिधिहरूले सघाएका हुन् । स्थानीय प्रशासनले निर्देशित गरेअनुरूप बिहान १० बजेसम्म खाद्यान्न, तरकारीपसलहरू सञ्चालनमा छन् । त्यसपछि सुनसान हुन्छ । औषधिपसल छिटपुट मात्र छन् । मुख्य सडक हुलाकी मार्गका पसलहरू बन्द रहे पनि भित्र गाउ“का पसलहरू सामान्य अवस्थामा खुलेका हुन्छन् । बाक्लो मानवबस्ती नभएकाले यहा“ सामाजिक दूरी बनाएर स्वास्थ्यका अन्य मापदण्डको पनि पालना गरिएको पाइएको छ । भारतीय सीमामा भने यहा“ कडाइ गरिएको छ । नेपालीहरू भारतीय बजारमा नजाने र त्यहा“का मानिसहरूलाई पनि यतातिर अनावश्यक प्रवेशमा कडाइ गरिएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक शङ्ढर कोइरालाले भारतीय समकक्षी भारतीय सीमा सुरक्षा बलस“ग समन्वय गरेर आवतजावतमा कडाइ गरिएको बताए ।

भाडामा खेती गर्नेलाई समस्या
भारतीयहरूले ठोरी गापाका विभिन्न स्थानमा जग्गा भाडामा लिएर खेतीपाती गर्ने गरेका छन् ।

यसरी भाडामा जग्गा लिएर खेतीपाती गर्नेहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको कारण उनीहरूले समस्या बेहोर्नुपरेको छ। ठोरी गापा–३ रामनगर, बुद्धनगर, ब्रह्मनगरलगायतका ठाउ“मा बर्सेनि सीमावर्ती भारतका गाउ“बाट आएर भारतीयहरूले खेती गर्ने गरेका छन् । भाडामा खेती गर्नेहरूमध्ये केही ठोरीमैं बसेका छन् भने केही भारतीयहरू खेतीका लागि दैनिक आवतजावत गर्दै आएकामा निषेधाज्ञापछि रोकिएका छन् । उनीहरू प्रवेश गर्न खोज्दा सम्झाएर फर्काइएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट ब्रह्मनगरका प्रहरी निरीक्षक उपेन टेरले जानकारी दिए ।

सङ्क्रमण देखिन थाल्यो
अघिल्लोपटक कोरोना सङ्क्रमणको चपेटामा परेको ठोरीमा यसपटक पनि कोरोना सङ्क्रमण देखिन थालेको छ । तर गापास“ग यसको तथ्याङ्ढ भने छैन । नारायणी अस्पताल वीरगंजमा स्वाब नमूना दिएर पिसिआर परीक्षण गराएकाहरूको तथ्याङ्ढ पालिकामा भएको तर सोबाहेक अन्यत्र परीक्षण गर्नेहरूको तथ्याङ्ढ भने पालिकामा छैन ।
गापाका स्वास्थ्य संयोजक रमेशराज थिङले ठोरी–३ बुद्धनगरकी एकजना वृद्धा कोरोना सङ्क्रमित भएको बताए । ठोरीका अन्य नागरिकमा पनि कोरोना सङ्क्रमण भएको अनौपचारिक जानकारी आएको भएपनि औपचारिकरूपमा पालिकामा जानकारी नआएको उनले बताए । सङ्क्रमण पुष्टि भएकालाई तत्काल होम आइसोलेशनमा राखिने पनि उनले बताए ।

प्रस, पंचगावा“/
एक साताको लागि जारी निषेधाज्ञा पटेर्वासुगौली गाउ“पालिकामा खासै पालना भएको छैन । यस गापाका श्रीपुर पंचगावा“, र·पुर, महुवन, पटेर्वासुगौली, देउरवाना, निचुट आदिमा लाग्ने अर्धसाप्ताहिक, साप्ताहिक र दैनिक बजार नियमितरूपमा पुरानै शैलीमा लाग्दै आएका छन् । निषेधाज्ञाको समयमा यस प्रकारका बजार बिहान १० बजेसम्म मात्र सञ्चालनको लागि स्वीकृति छ । तर यी स्थानमा पुरानै शैलीमा बजारहरू लाग्दै आएका छन् ।

यसैगरी, यहा“का पसलहरू पनि पहिलेझै नियमित सञ्चालनमा छन् । घरबाहिर निस्क“दा अनिवार्य मास्क लगाउनुपर्ने र नलगाउनेलाई सय रुपैया“ जरिवाना गर्नुपर्नेमा सो नियम यहा“ लागू भएको छैन । हाटबजार, पसलमा विनामास्क सामान खरीदका लागि मानिसहरू आउने गरेका छन् । सामाजिक दूरीको पनि पालना भइरहेको छैन । स्थानीय प्रशासनले कोरोना सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न अनुरोध गर्दै आए पनि त्यसलाई कार्यान्वयन गराउनका लागि स्थानीय सुरक्षाकर्मी र जनप्रतिनिधिहरू जागरूक भइसकेका छैनन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्