पटेर्वासुगौलीमा आइसोलेशन तयार

0

प्रस, पंचगावाँ, १७ वैशाख/
पटेर्वासुगौली गाउँपालिकाले १० शय्याको आइसोलेशन तयार गरेको छ। गापा अध्यक्ष हरिनारायण चौधरीको पहलमा स्वास्थ्य शाखाले वडा नं ४ नेरावि फरहदवामा १० शय्याको आइसोलेशन तयार गरेको प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए।

अस्थायी कोभिड अस्पतालमा एकजना चिकित्सक, दुईजना नर्स, एकजना कार्यालय सहयोगी गरी चारजनाको दरबन्दी गरिएको र शुक्रवारदेखि १० शय्याको आइसोलेशन वार्ड सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख जगरनाथ साहले बताए। १० शय्याको आइसोलेशनमा पटेर्वासुगौली पालिकाभित्रका सङ्क्रमितहरूलाई भर्ना गरी उपचार गरिने गाउँपालिकाको नीति रहेको प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here