परवानीपुर गोल्डकप फाइनल बुधवार

0

प्रस, परवानीपुर, १४ वैशाख/
शक्ति युवा क्लब र परवानीपुर युथ क्लबको संयुक्त आयोजनामा जारी त्रिशक्ति सिमेन्ट प्रथम गोल्डकप प्रतियागिताको फाइनल खेल बुधवार अपराह्न ३ बजेदेखि हुने आयोजकले जनाएको छ।

पर्सा र बारामा बढ्दै गरेको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै चाँडै प्रतियोगिता सकाउन वैशाख १५ गते नै फाइनल खेलाएर प्रतियोगिता सकाउने आयोजकको तयारी छ। जसको कारण केही दिनयता बिहान र बेलुका पनि खेलहरू भइरहेका छन्।

भोलिको फाइनल खेलमा वीरगंज युथ क्लब पुगेको छ। मङ्गलवार बिहान ८ बजेदेखि भएको पहिलो सेमिफाइनलमा वीरगंज युथले वीरगंज युनाइटेडलाई पराजित गरेको थियो। निर्धारित डेढ घण्टाको समय गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा पनि बराबरी भएपछि आलोपालोमा वीरगंज युथ क्लबका गोलकीपरले एक गोल बचाएका थिए भने युनाइटेडले गोल खाएपछि वीरगंज युथ क्लब विजयी भएको थियो। खेलको म्यान अफ दि म्याच युथ क्लबका गोलकीपर घोषित भए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here