लकडाउन मात्र विकल्प

0

एक वर्षपछि जुर्मुराएर आएको कोरोनाले हिजोभन्दा ठूलो विभीषिका ल्याउन खोज्दैछ। आज फरक भेरिएन्टसहित देखिएको कोरोनाको फैलाव वा सङ्क्रमणको परिधि निकै फराकिलो भएको छ, त्यसको असर सङ्क्रमितको मृत्युदरले देखाइरहेको छ। हरेक परीक्ष्Fणमा सङ्क्रमित सङ्ख्या अपत्यारिलो गरी बढेको छ भने मृत्युदर पनि हिजोभन्दा निकै बढी छ। देशमा प्रकाशित हुने अखबारका पानाहरू कोरोनाको विभीषिका देखाउन खर्चिइरहेका छन्। चिन्ताको विषय के छ भने कोरोनाविरुद्ध खोप लिएका व्यक्ति पनि सङ्क्रमित भइरहेका छन्। सरकारको ध्यान यस महामारीतिर पटक्कै छैन। किनकि कोरोनाभन्दा पनि बढी ताप र रापका साथ सत्ताको खेल चलिरहेको छ। तसर्थ सरकारले आफ्नो हुतिले महामारी निवारणको उपाय गर्ने त आम मानिसले चिताएकै छैन, हुन सक्ने काममा पनि ध्यान दिन सकेको छैन। मास्क नलगाए जरिवाना तिराउने कामलाई पनि सजग भएर पूरा गराउन सकेको छैन। सामाजिक दूरीको आवश्यकतालाई त सरकारी कार्यालयहरूले समेत पालना गर्न सकेका छैनन्।

अब सरकारी मानिसहरू लकडाउन, निषेधाज्ञा आदि लागू गर्नुपर्ने आवश्यकतामा जोड दिन थालेका छन्। तर हिजो यस्तो गर्दा मानिसमा जुन नकारात्मक प्रभाव प–यो, राहतरहित लकडाउनले धेरै मानिसलाई आत्महत्या गर्न विवश पा–यो, त्यसबाट सबक सिकेर लकडाउन वा निषेधाज्ञाका साथै गरिखानेहरूलाई सके राहत, नसके आफ्नै जिम्मेवारीमा गरिखाने वातावरण निर्माण गरिदिनु, खासगरी स्थानीय प्रशासनको दायित्वभित्र पर्दछ। यस्तो नीति निर्माण गरिदिएर सरकारले तल्लो तहका सरकारहरू तथा प्रशासनलाई काम गर्न खुला पारिदिनुपर्दछ। किनकि सबैलाई थाहा छ, सरकारले लाख कोशिश गरेर पनि निष्पक्ष राहत वितरण हुन सक्दैन। राहत हुनेखानेको पोल्टामा र गरिखानेको भागमा आहत मात्र आउनेछ। यस्तो अवस्थामा भोकले मार्नुभन्दा काम गर्दै, परिवारको पालन गर्दै, कोरोनाको शरण जान दिनु नै उपयुक्त हुन्छ। यस्तो गर्नु ठूलो कुरा पनि होइन। गरिखानेहरूको पहिचान गरी उनीहरूलाई कार्ड वितरण गरी, सामान्य स्वास्थ्य सावधानी अँगाल्न तथा मास्क र सेनिटाइजरको व्यवस्था गर्न बाध्य पार्न सकिन्छ।

सरकारले लकडाउन, सकेसम्म निषेधाज्ञा लगाउने मनस्थिति बनाइसकेको छ। किनकि भारतमा पनि यस्तै वातावरण बन्दैछ। खोपलाई बेअसर त नभनौं, तर भरपर्दो पनि मान्न सकिएन। त्यै खोप पनि भारत आफैं उत्पादक भएर पनि बाहिरबाट मगाउनुपर्ने विवशता भोगिरहेको छ। त्यस अवस्थामा नेपाल सरकारले खोप दिएर जनताको मनोबल बढाउने काम गर्नै सक्दैन। यसै पनि मानिसमा खोपप्रति दृढ विश्वास नरहेको कुरा जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरिसकेको छ। पहिलो चरणको खोप जति मानिसले लिए, तिनै मानिसलाई दिनुपर्ने दोस्रो चरणको खोप थोरै मात्र खपत भयो। भन्नका लागि त ‘डुबतेको तिनके का सहारा’ भनिन्छ। तर यहाँ त कोरोनाको यत्रो महामारी चर्कंदा प्राथमिकतामा परेका व्यक्तिले पनि खोप लगाएनन्। यसर्थ अब गरिखानेको अधिकारमा कुनै पनि किसिमको हस्तक्षेप नहुनेगरी लकडाउनको अपरिहार्यता देखिइसकेको छ। लकडाउन, सामाजिक दूरी कायम रहन सकोस् भन्नका लागि मात्रस नागरिकलाई भोकै डल्याउन र रापिलो सडकमा चुट्नका लागि चाहिं होइन।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here