महानगरले दुईवटा एम्बुलेन्स किन्यो

0

प्रस, वीरगंज, ९ वैशाख/
वीरगंज महानगरपालिकाले दुईवटा एम्बुलेन्स खरीद गरेको छ। कोरोना सङ्क्रमण फैलिएसँगै गत वर्ष भएको समस्या नदोहोरियोस् भनेर एम्बुलेन्स खरीद गरेको नगरप्रमुख विजयकुमार सरावगीले बताए।

महानगरका बिरामीहरूलाई सेवा प्रदान गर्नका लागि एम्बुलेन्स यस अवधिमा सहायक हुने उनले बताए।
गत वर्ष कोरोनाकालमा वीरगंजमा रहेका निजी एम्बुलेन्स सञ्चालकहरूले सङ्क्रमितहरूलाई अस्पतालसम्म पु–याउन सघाउ पु–याएका थिएन्। जसले गर्दा कतिपय मानिसको अस्पताल पुग्नुअगावै निधन भएको थियो।

अघिल्लो वर्षको समस्या यस वर्ष नदोहोरियोस् भनेर दुईवटा एम्बुलेन्स सञ्चालनमा ल्याएको नगरप्रमुख सरावगीले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here