दीर्घकालीन राष्ट्रिय अर्थतन्त्रका लागि विप्रेषण घातक

41

विश्वराज अधिकारी

एकातिर राष्ट्रिय राजनीतिले विभिन्न दलहरूबीच एकता कायम होस्, राम्रो सहमतिको आधारमा आगामी वर्षको लागि प्रभावकारी बजेट निर्माण होस् भन्ने माग गरिरहेको छ भने अर्कोतिर राजनीतिक दलका नेताहरू निर्लज्ज किसिमले सत्ताको बजारमा प्रधानमन्त्री पदका लागि मोलमोलाइ गरिरहेका छन्। यस्तो गर्दा उनीहरूलाई राष्ट्रिय दायित्व के हो भन्ने कुराको रत्ति पनि हेक्का नभएजस्तो छ।

यसैबीच कोभिड –१९ को दोस्रो लहर देशभरि अनियन्त्रित किसिमले फैलिएको छ, जुन अनिश्चित मात्र होइन भयावह पनि छ। र यस्तो अवस्था कहिलेसम्म रहने हो भन्ने सक्ने स्थिति छैन। यो यस्तो नाजुक समय हो, जुन समयमा नेताहरूका लागि सरकार परिवर्तन र प्रधानमन्त्रीको पद गौण भएर अति नाजुक अवस्थामा पुग्न थालेको राष्ट्रिय अर्थ व्यवस्थालाई कसरी जोगाउने भनी गहन छलफल हुनुपर्ने थियो। सत्ताको बजारमा रमाउने मौलिक चरित्र बोकेका नेताहरू आप्mनो स्वभाव अनुसार प्रम पद हात पार्न विभिन्न शक्ति केन्द्र धाउन मस्त र व्यस्त छन्। देशको नाजुक हुँदै गएको अर्थ व्यवस्था उनीहरूको लागि महत्वहीन हुन पुगेको छ। प्रम पद नै जीवनको सर्वाधिक महत्वपूर्ण लक्ष्य हुन पुगेको छ। अहिले सरकार परिवर्तन सर्वाधिक ठूलो विषय हुन पुगेको छ।

तर यस आलेखमा चर्चा गर्न थालिएको विषय नेपालको अर्थ व्यवस्था दिन प्रतिदिन झन्झन् विप्रेषण (चझष्ततबलअभ) मा निर्भर हुँदै जानु र त्यो स्थिति दीर्घकालको राष्ट्रिय अर्थतन्त्रका लागि घातक हुनु हो। लघुकालमा विप्रेषण मुलुकको अर्थतन्त्रका लागि हितकर देखिए पनि दीर्घकालका लागि भने यो हितकर छैन। दीर्घकालमा यसले राष्ट्रिय अर्थ व्यवस्थालाई आत्मनिर्भर होइन परनिर्भर तुल्याउने छ। देशको अर्थतन्त्रलाई रसातलमा पु–याउने छ। त्यसकारण यस विषयप्रति सम्बन्धित सबै पक्ष समयमैं गम्भीर हुन आवश्यक छ। यस विषयलाई राष्ट्रिय मुद्दा बनाएर बहस चलाउन अति आवश्यक हुन पुगेको छ।

यो तथ्य घामझैं छर्लङ्ग हुनुपर्ने हो कि आप्mनो गार्हस्थ्य उत्पादनको तुलनामा विप्रेषण ठूलो परिमाणमा केवल गरीब देशले भि–याउँछ। यसैगरी जुन देशमा लामो समयदेखि गृहयुद्ध चलिरहेको छ, देशको अर्थतन्त्र अति नाजुक स्थितिमा पुगेको छ, त्यस्तो देशको अर्थतन्त्र पनि विप्रेषणमा आधारित हुन पुग्दछ। यसैगरी देश ज्यादै गरीब नभए पनि राष्ट्रिय आय वितरण सन्तुलित छैन र जनसङ्ख्याको आकार ठूलो भएर धेरै नागरिकले रोजगार पाउन सकेको छैन भने त्यस्तो देशले पनि विप्रेषण ठूलो परिमाणमा भिœयाउने गर्दछ। भारत, चीन आदि त्यसका उदाहरण हुन्।

भारत, चीन, मेक्सिको, फिलिपिन्स, इजिप्ट, नाइजेरिया, पाकिस्तान, भियतनाम, बङ्गलादेश र युक्रेन कमशः विश्वका एकदेखि दसौं बढी विप्रेषण भिœयाउने राष्ट्रमा पर्दछन्। तर यी राष्ट्रको आप्mनो अर्थतन्त्र कमजोर भने छैन र राष्ट्रिय अर्थतन्त्र विप्रेषणमा अत्यधिक निर्भर पनि छैन। जनसङ्ख्याको हिसाबले ठूलो, रोजगारको क्षेत्र विस्तार गर्न नसकेका साथै देशभित्र पर्याप्त दक्ष जनशक्ति भएकोले यी देशका नागरिक अन्य मुलुक जान्छन् र राम्रो परिमाणमा विप्रेषण भिœयाउँछन्।

तर किर्गिस्तान, टोंगा, ताजकिस्तान, हैटी, नेपाल, लाइबेरिया, कोमोरस, गाम्बिया, मल्डोभा, होन्डुरस क्रमशः विश्वका एकदेखि दसौं विश्वका विप्रेषणमा बढी भर पर्ने राष्ट्र हुन्। यी राष्ट्रहरूले आप्mनो गार्हस्थ्य उत्पादनको तुलनामा विप्रेषण बढी प्राप्त गर्छन्। अर्को शब्दमा भन्ने हो भने यी राष्ट्रहरूको आप्mनो उत्पादन कम हुन्छ। वस्तु वा सेवा उत्पादनको क्षेत्रमा पछाडि परेका हुन्छन्। र यस्ता राष्ट्रलाई विप्रेषण राम्रो मात्रामा प्राप्त नभए देश चलाउन कठिन हुन्छ। अर्थात् यस्ता राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड नै विप्रेषण हुन पुगेको हुन्छ। यस्ता राष्ट्रहरूले आप्mना उत्पादनका साधन–भूमि, श्रम, पूँजी र सङ्गठनको राम्रो उपयोग गर्न सकेका हुँदैनन्। यस्ता राष्ट्रका नेताहरूमा विकास गर्ने इच्छा शक्ति कमजोर हुन्छ र उनीहरू देशभन्दा आप्mनो हितको बढी ख्याल गर्ने हुनाले देशको राजनीति सदा अस्थिर रहन्छ।

अर्कोतिर अमेरिका, साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, ब्रिटेन, जर्मनी, क्यानाडा, फ्रान्स, रूस, इटली, स्पेन क्रमशः विश्वका सर्वाधिक विप्रेषण पठाउने राष्ट्र हुन्। विप्रेषण ठूलो परिमाणमा पठाउने यी राष्ट्रहरूको यो स्थितिले आप्mनो जनशक्तिको भरपूर उपयोग गरेको र केही क्षेत्रमा जनशक्ति नपुगेर बाह्य जनशक्ति (अन्य देशका नागरिक) उपयोग गरेको हो भन्ने तथ्य दर्शाउँछ। यी राष्ट्रहरूले ठूलो परिमाणमा उत्पादन गर्न सकेको तथ्य दर्शाउँछ। अर्को शब्दमा भन्ने हो भने यस्ता धनी राष्ट्रहरूले अन्य राष्ट्रका कुशल जनशक्तिको उपयोग गरेर राष्ट्रिय उत्पादनमा अभिवृद्धि गरेको प्रस्ट हुन्छ। अर्थात् धनी राष्ट्रहरूले आप्mनो अर्थतन्त्र बलियो भएको कारण ठूलो परिमाणमा विप्रेषण पठाउने गर्छन्।

विप्रेषण बढी प्राप्त हुनु वा मुलुकको अर्थतन्त्र विप्रेषणमा अधिक निर्भर हुँदै जानु राष्ट्रको लागि दीर्घ कालमा किन हितकर होइन ?

कुनै पनि देशको अर्थतन्त्र विप्रेषणमा बढी भर पर्दै जानुको अर्थ त्यो देशले आप्mनो जनशक्तिको भरपूर उपयोग गर्न नसक्नु हो। त्यो देशको सृजनात्मक जनशक्तिलाई अर्को देशले उपयोग गर्नु हो। त्यो देशमा वस्तु वा सेवा उत्पादन क्रमशः कम हुँदै जानु हो। नेपालमा अहिले त्यही भइरहेको छ। नेपाल अहिले नराम्ररी विप्रेषणको दलदलमा फस्दै गएको छ। नेपालको अर्थतन्त्र अहिले विप्रेषणमा अति नै भर पर्नुपर्ने स्थितिमा पुगेको छ। विप्रेषण आउन ठ्याप्प बन्द हुने हो भने नेपालमा अहिले आर्थिक सङ्कट आउन सक्छ।

नेपालको रचनात्मक जनशक्ति अहिले लाखौंको सङ्ख्यामा संसारका विभिन्न मुलुकमा छरिएको छ। आप्mनो देशमा उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति पनि छैन। अर्कोतिर नेपालमा कृषि र उद्योग दुवै किसिमका वस्तुको उत्पादन क्रमशः घट्दै गएको छ। अहिले हामी दैनिक आवश्यकताका लगभग सम्पूर्ण वस्तु विदेशबाट आयात गर्ने स्थितिमा पुगेका छौं। मुख्यगरी भारत र चीनबाट अहिले हामीले ठूलो परिमाणमा वस्तु खरीद गर्नुपर्ने स्थिति छ। अहिले हामी विदेशबाट जति कमाएर ल्याइरहेका छौं, त्यो रकम, अनेक विदेशी वस्तु खरीद गरेर पुनः विदेशतिर फर्काइरहका छौं। अर्थात् हामीले अहिले विश्वका अनेक मुलुकमा आप्mनो श्रम सस्तोमा बिक्री गरिरहेका छौं र श्रम बिक्री गरेर प्राप्त हुन आएको रकम भारत र चीन (विभिन्न सामान खरीद गर्दा) पठाइ रहेका छौं। हामीले हाम्रा प्रतिभाहरूको उपयोग राष्ट्र निर्माणमा गर्न सकिरहेका छैनौं। यो ज्यादै दुःखद स्थिति हो। हामी साधन र स्रोतले भरिपूर्ण भएर पनि आप्mनो जनशक्तिको उपयोग गर्न सकिरहेका छैनौं। त्यसमा राजनीतिक अस्थिरताले हाम्रो अर्थतन्त्रलाई झन्झन् विप्रेषणमा बढी निर्भर हुने स्थितिमा पु–याइदिएको छ।

समाधान के त ?
दिन प्रतिदिन मुलुकको अर्थतन्त्र विप्रेषणमुखी हुँदै गएको स्थितिलाई नियन्त्रण गर्न हामीले गर्नुपर्ने पहिलो मुख्य कार्य देशको राजनीति स्थिर पार्नु हो। देशको राजनीति स्थिर पार्न नेताहरूबीच राम्रो समन्वय हुनु आवश्यक छ। उनीहरूले व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर देशको स्वार्थलाई जोड दिन आवश्यक छ। सरकारलाई स्थिर पार्न आवश्यक छ। नेताहरू यस विषयमा अति गम्भीर हुन आवश्यक छ।
यसैगरी, हामीले उत्पादनमा वृद्धि गर्न आवश्यक छ। कृषि, उद्योग र सेवा उत्पादनमा हामीले चीन, बङ्गलदेशले झैं चमत्कारी वृद्धि गर्ने हो भने देशमा ठूलो मात्रामा रोजगार सृजना गरेर राष्ट्रिय जनशक्तिलाई देशको आर्थिक विकासमा उपयोग गर्न सक्छौं र यस्तो गरेर देशको अर्थतन्त्रलाई विप्रेषणमा अति निर्भर हुने स्थितिबाट जोगाउन सक्छौं।
मुलुकको अर्थतन्त्रलाई विप्रेषणमुखी हुनबाट जोगाउने ठूलो दायित्व अहिले नेताहरूको काँधमा आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्