दुईजना युवतीको उद्धार, शङ्कास्पद महिला पक्राउ

55

प्रस, ठोरी, ८ वैशाख/
प्रहरी चौकी विजयबस्तीले दुईजना युवतीलाई उद्धार गरेको छ। एकजना ४२ वर्षीया महिलाले ती दुईजना युवतीलाई भारत लैजान लागेको अवस्थामा सूचनाको आधारमा प्रहरीले युवतीको उद्धार गरी महिलालाई पक्राउ गरेको छ।

ठोरी गापा–५ विजयबस्तीका एकजना युवकलाई महिलाले ती दुईजना युवतीलाई मोटरसाइकलमा राखेर भारतको नरकटियागंज लैजान आग्रह गरेकी थिइन्। युवकलाई महिलाको गतिविधि शङ्कास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले महिलासँग सोबारेमा बुझ्दा शङ्कास्पद उत्तर दिएपछि उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।

युवतीहरूले प्रहरी चौकी विजयबस्तीलाई आफूहरू घरपरिवारलाई खबर नगरी भारतको लद्दाखमा रहेको कालीमन्दिर घुम्नका लागि महिलाको आग्रहमा निस्केको बयान दिएका थिए। महिलाले पनि युवतीलाई सोही ठाउँमा घुमाउन लैजाँदै गरेको बताएकी थिइन्। दुवै युवतीको उमेर २५ वर्ष छ।

घरपरिवारलाई खबर नगरी महिलासँग भारतको लद्दाखमा रहेको कालीमन्दिर घुम्न जानुको विशेष कारण नभेटिएपछि प्रहरीले थप अनुसन्धानका लागि जिप्रका पर्सा पठाएको इप्रका ठोरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्