एकजना सङ्क्रमितको मृत्यु, अर्काे हेलिकाप्टरबाट काठमाडौं रेफर

118

प्रस, परवानीपुर, ८ वैशाख/
नारायणी अस्पतालमा एकजना पुरुष सङ्क्रमितको बुधवार बिहान निधन भएको छ।
अस्पतालका कोरोना संयोजक एवं प्रवक्ता डा सरोजरोशन दासले ४२ वर्षीय सर्लाही जिल्ला मलङ्गवा नगरपालिका–२ निवासी पुरुषको आज बिहान १० बजे निधन भएको बताए। उनले मृत्यु भएका पुरुष हिजो भर्ना भएको र उनको एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ देखिएको बताए।

नारायणी अस्पतालमा योसमेत दोस्रो चरणको कोरोना लहरमा पाँचजनाको मृत्यु भइसकेको उनले बताए।
यसैबीच, कोरोना सङ्क्रमित एकजना पुरुषलाई हेलिकप्टरबाट काठमाडौं पु–याइएको छ। नारायणी वयोधा अस्पतालमा पाँच दिनदेखि उपचारार्थ भर्ना वीरगंज महानगरपालिका–५ रामटोलका ५७ वर्षीय पुरुष सङ्क्रमितलाई सोही अस्पतालबाट हेलिकप्टरबाट काठमाडौं पठाइएको हो।

उपचारको क्रममा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आज दिउँसो २ः३० बजे मनाङ एयरलायन्सको हेलिकप्टरबाट काठमाडौं पठाएको वयोधा अस्पताल स्रोतले जानकारी गराएको छ।
यसअघि सोमवार पनि एकजना सङ्क्रमितलाई हेलिकप्टरबाटै काठमाडौं उपचारका लागि पठाइएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्