जबरजस्ती करणी र गाँजासहित दुईजना पक्राउ

0

प्रस, वीरगंज, ७ वैशाख/
जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणीको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–२४ निवासी एकजनाको घरमा तीनजना बालबालिका रहेकोमा ३६ वर्षीय प्रमोद सर्राफले दश वर्षीया बालिकालाई रु १० दिएर ललाइफकाइ जबरजस्ती गरेको कसूरमा निजलाई आज पक्राउ गरी सोही कसूरमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

पति–पत्नी काममा बाहिर गएका र तीनजना छोराछोरी मात्र घरमा भएको मौका छोपी सर्राफले सो कुकृत्य गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । नाबालिकाका पिताले दिएको उजूरीको आधारमा सर्राफलाई पक्राउ गरिएको हो ।

यसैगरी, प्रहरीले १९ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । ना.३८प ६२२६ नम्बरको मोटरसाइकलमा दुईवटा झोलामा गाँजा झुन्ड्याएर ल्याउने क्रममा वीरगंज–१३ का ४७ वर्षीय उमर अन्सारीलाई पक्राउ गरिएको जिप्रका पर्साले जनाएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here