पर्सामा दोस्रो चरणको खोप शुरु

0

प्रस, वीरगंज, ७ वैशाख/
कोरोनाविरुद्धको दोस्रो चरणको खोप पर्सा जिल्लामा पनि मङ्गलवारदेखि शुरू भएको स्वास्थ्य कार्यालय, पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए ।

वीरगंज महानगरपालिकाको नारायणी अस्पताललगायत विभिन्न वडाका सातवटा स्थानमा खोप केन्द्रबाट खोप दिइरहेको उनले बताए । यसैगरी, ठोरी, जगरनाथपुर, छिपहरमाई, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी, बहुदरमाई नगरपालिकाका दुई/दुई स्थानमा तथा विन्ध्यवासिनी, कालिकामाई, पकाहामैनपुर, धोबिनी, जीराभवानी, पटेर्वासुगौली गाउँपालिका र पोखरिया नगरपालिकामा एक/एक स्थानमा खोप केन्द्र रहेको प्रमुख चौरसियाले जानकारी गराए ।

आजदेखि सञ्चालित खोप वैशाख ११ गतेसम्म दिइने उनले बताए । पहिलो चरणमा प्राथमिकतामा परेकाहरूलाई दोस्रो चरणको खोप दिइरहेको उनले जानकारी गराए । माघ १४ देखि २४ गतेसम्म र फागुन २ देखि १० गतेसम्म प्राथमिकतामा परेर खोप लिएकाहरूलाई दोस्रो चरणको खोप दिइरहेको उनले बताए ।

फागुन २६ देखि चैत ३ गतेसम्म खोप लिएकाहरूलाई भने यो अवधिमा खोप दिन असमर्थ रहेको उनले जानकारी गराए । यो अवधिमा प्राथमिकतामा परेकाहरूलाई अर्को सूचनाबाट खोप दिने व्यवस्था मिलाउने उनले बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here