वीरगंजमा विश्वविद्यालय स्थापनाको लागि अन्तरक्रिया

34


प्रस, वीरगंज, ६ वैशाख/
मुख्यमन्त्री लालबाबूराउत गद्दीले प्रदेश २ सरकारले वीरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न सम्पूर्ण कार्य पूरा गरेको बताएका छन्।
वीरगंजमा स्थापना हुने विश्वविद्यालयसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले उच्चस्तरीय जनशक्ति तयार गर्न प्रविधि एवं नवप्रवर्तनको अध्ययन तथा अनुसन्धानलाई समयसापेक्ष व्यापक तथा व्यावहारिक बनाउन विश्वविद्यालयको स्थापना हुन लागेको बताए।
प्रदेश सरकारले यसअघि जनकपुरमा स्वास्थ्य प्रतिष्ठान, राजविराजमा कृषि विश्वविद्यालय तथा वीरगंजमा प्रविधि र विज्ञान विश्वविद्यालय स्थापना गर्न कार्य शुरू गरिसकेको बताए। उनले सामान्य सहकार्य हुन नसक्दा काम रोकिने तर प्रदेश सरकारले विश्वविद्यालयसम्बन्धी विधेयक–२०७७ समेत तयारी गरिसकेको बताए। मुख्यमन्त्री गद्दीले ठाराब क्याम्पसकै हाताभित्र विश्वविद्यालय सञ्चालन गरे उत्तम हुने बताए।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन गर्न महानगर तयार रहेको बताए। कृषि औजार कारखानाको जग्गा वा अन्य ठाउँ पनि रहेको र सो ठाउँमा प्रदेश सरकारले लगानी गर्न चाहे विश्वविद्यालय सञ्चालनमा अवरोध नहुने बताए। राजनीतिक हस्तक्षेप नभए आपूmले सक्दो सहयोग गर्ने उनले बताए।
कार्यक्रममा सहभागी उद्योगी, व्यापारी, प्राध्यापकहरूले तीस वर्षदेखि वीरगंज विश्वविद्यालयको अवधारणा आएको भएपनि साकार नभएकोमा दुःख व्यक्त गरे। प्रदेश सरकारसँग आवश्यक जनशक्ति नरहेकोले विश्वास गर्ने वातावरण नरहेको बताए। प्रदेश सरकारले ल्याएको योजना सराहनीय रहेको र वीरगंजवासीले सो योजनालाई स्वीकार्ने बताए। रायसुझावसहित विज्ञहरूले लिखित सुझावसमेत दिएका छन्।
सामाजिक विकासमन्त्री नवलकिशोर साहको सभापतित्वमा शुरू भएको कार्यक्रममा मुख्य सचिव चुडामणि दवाडी, प्रदेश २ का महान्यायाधिवक्ता दीपेन्द्र झा, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, प्रदेश २ का अध्यक्ष गणेश लाठ, केन्द्रीय सदस्य अशोक टेमानी, प्राध्यापक डा दीपक शाक्यलगायतले मन्तव्य राखेका थिए। क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले स्वागत गरेको कार्यक्रममा शिक्षा निर्देशक भोगेन्द्र झाले कार्यपत्र प्रस्तुत गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्