मेडिकल कलेजमा दुईवटा भल्भको शल्यक्रिया सफल

25


प्रस, परवानीपुर, ६ वैशाख/
प्रदेश २ को एकमात्र मेडिकल शिक्ष्Fण अस्पतालको रूपमा वीरगंजमा सञ्चालित नेशनल मेडिकल कलेज तथा शिक्ष्Fण अस्पतालमा पहिलोपटक मुटुमा प्वाल परेको दुईवटा भल्भ फेर्ने शल्यक्रिया सफल भएको छ।
एक साताअघि साबिक बैरियाबिर्ता हाल वीरगंज–१० रानीघाट बस्ने ४७ वर्षीय सुलेमान हवारीको मुटुको भल्भ फेरिएको मुटुरोग विशेषज्ञ डा अफरोज अन्सारीले जानकारी गराए। बाहिर रु ५/६ लाख खर्च लागे तापनि साढे ५ लाख रुपैयाँको सहयोगमा उनको शल्यक्रिया भएको अर्का चिकित्सक डा कौशल तिवारीले बताए। चेक हार्ट फाउन्डेशन र राष्ट्रिय मुटु तथा फोक्सो समाज नेपालको आर्थिक सहयोगमा विपन्न परिवारका हवारीको शल्यक्रिया सफलताका साथ गरिएको मेडिकल कलेजले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
कलेजका मेडिकल डाइरेक्टर डा प्रमोद सर्राफका अनुसार विगत तीन वर्षदेखि मुटुरोगीको लागि एनजिओग्राफी, एनजिओप्लास्टी तथा टेम्पोररी पेसमेकर जस्ता सेवा उपलब्ध गराउने कार्य भइरहेको र प्रदेश २ मा यस्तो जटिल शल्यक्रिया गरिएको कलेजले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्