६० वर्ष अघि र अहिले

52

-कुमार रुपाखेती

अहिले मुलुकको भद्रगोल अवस्था कसैस“ग लुकेको छैन । कुनै बेला काङ्ग्रेसका मातृका, विश्वेश्वर, सुवर्ण शम्शेर र डा केआई सिंहको पदीय हानथापले काङ्ग्रेस थिलथिलो भएको थियो । कालान्तरमा काङ्ग्रेसको यो घरझगडा दोस्रो पुस्ताका गिरिजा, गणेशमान, कृष्णप्रसाद भट्टराईमा सर्यो र अहिले शेरबहादुर, रामचन्द्र पौडेलहरूको आ“खमिचौली र हानथापबाट हामी अवगत नै छौं ।

दुई तिहाइको कम्युनिस्टहरूको शासकीय शैलीबाट अहिले मुलुक र आम जनता नै पीडित छन् । पदकै लागि ओली, प्रचण्ड, माधव नेपालहरूको स्याल हुइ“या अविराम र बेरोकटोक प्रदर्शन भइरहेकै छ । कुम्लो बोकी ठिमीतिर भनेझैं जनता असाध्य रोग र भोकले पीडित हु“दासमेत शासकहरूको जुहारी एक्सप्रेसरूपमा चल्दैछ । काङ्ग्रेसहरूको यस्तै चुरीफुरी र भा“डभैलो पद्धतिले गर्दा राजा महेन्द्रले खेल्ने मौका पाए । गणतन्त्रवादीहरूका अनुसार हामी ३० वर्षसम्म राजाको रैती भएर बा“च्न विवश थियौं रे । आज गणतन्त्र नेपालको जनताको अवस्था रैती होइन दाससरह भएको छ । २०१७ पुस १ गते राजा महेन्द्रले चालेको कदमको पूर्णपाठ यस प्रकार रहेको छ । भोलि पनि कसैले यस्तै पाठ पढेर शासनको बागडोर खोस्ने सम्भावनालाई नकार्न सकिंदैन ।

आगे प्यारा गैह्रके यथोचित, जनताले छानेका जनप्रतिनिधिहरूले नै देशप्रति ज्यादा जिम्मेवारी महसूस गरी प्रजातन्त्रको जग मजबूत हुने वातावरण पैदा गर्दछन् र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करीब दुई वर्षअघि देशमा आम निर्वाचन गराएको सबैमा विदितै छ । फलस्वरूप नेपाली काङ्ग्रेस बहुमतमा आयो र जनताको विश्वासप्राप्त गरेको पार्टीलाई नै संविधान अनुसार शासन भार सुम्पी देशप्रतिको जिम्मेवारीको हिस्सेदार बनाउन पाउ“दा अत्यन्तै सन्तोष लाग्नुका साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हटाउनु पनि स्वाभाविकै कुरो भएको थियो ।

त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समय–समयमा जनप्रतिनिधिहरू र सरकारमा रहेका व्यक्तिहरूलाई समेत कर्तव्यबाट च्युत नहुने सड्ढेत गरेको कुरा पनि सबैले सम्झेकै हुनुपर्छ । प्रजातन्त्र पद्धति अनुसार छानिएका प्रतिनिधिहरूद्वारा जनता र सरकारको बीचमा भएको भ्रमात्मक वातावरण राम्रोस“ग सुल्झाइ राष्ट्रको हित र विकास गर्ने पूरा कोशिश हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए तर ठीक त्यसको उल्टो प्रजातन्त्र पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाइ व्यक्तिगत र दलगत स्वार्थपूर्ति गर्नका लागि अधिकार प्रयोग गरियो, ऐन कानूनको मर्यादा नराखी छिटोछरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डल देशको प्रशासनयन्त्र निष्क्रिय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकारको दुरुपयोग हु“दा भ्रष्टाचार बढ्नुका साथै अनेकन भ्रान्ति पैदा गराइ प्रशासनयन्त्रमा शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्ष्ाँ कायम राख्न यो मन्त्रिमण्डल बिलकुल असमर्थ भएकोले र अराष्ट्रिय तŒवहरूले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पुर्याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैज्ञानिक विश्लेषण र वस्तुस्थितिको अध्ययनविना कोरा सिद्धान्तका आधारमा उठाइएका आर्थिक कदमहरूले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्ति र दूषित वातावरण मात्रै पैदा गरेकोले, राष्ट्रको हित र प्रजातन्त्रकै निमित्त पनि देशमा यस्तो धेरै समयसम्म रहन दिनु उचित नभएकोले देशको एकता, राष्ट्रियता र सार्वभौमिकता बचाउने, देशमा अमनचयन कायम राख्ने र देशलाई कुनै कारणबाट पनि बिग“्रदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामी नै भएकोले उपरोक्त वातावरण हटाइ शान्ति र सुरक्ष्ाँ कायम राख्न र देशलाई सङ्क्रमण स्थितिबाट बचाउन विशेष व्यवस्थाको जरूरत पर्न आएकोले तथा देश र जनताको हितलाई ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रिमण्डल र संसद्का दुवै सदनहरूसमेत हामीबाट आजको यो घोषणाद्वारा विघटित गरिबक्सेका छौं । कुनै नया“ व्यवस्था गर्न केही समय लाग्ने हु“दा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाट स्वयम् ग्रहण गरिबक्सेका छौं । हाललाई यो घोषणाद्वारा संविधानका देहायका धाराहरू निलम्बन गरिबक्सेका छौं । भाग २ का सबै धाराहरू, भाग ३ का सबै धाराहरू, भाग ४ का धारा ११ बाहेक सबै धाराहरू । भाग ५ को धारा ५५ बाहेक सबै धाराहरू, भाग ९ को परिच्छेद ३ तर धारा ७३ बाहेक र भाग १० का सबै धाराहरू । यस व्यवस्थाबाट सरकारी ज·ी तथा निजामती कुनै कर्मचारीहरूले आप्mनो जिम्मेवारी, काम, कर्तव्यबाट विचलित हुनु वा अलमलिनुपर्दैन र सबैले आआप्mना स्थानबाट आप्mना कर्तव्य पालना गर्नेछन् । साथै सबै देशवासीले सदिच्छाले नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ । परराष्ट्र विषयमा हामीले दृढतापूर्वक आप्mनो तटस्थता अपनाइ सबै मित्रराष्ट्रस“गको मित्रताको नीति नै कायम राख्नेछौं र हामी देशमा र विश्वभर शान्ति र मित्रताको कामना गर्दछौं । श्री पशुपतिनाथले देश र जनताको कल्याण गरून् । जय नेपाल !

त्यस बेला नारायणहिटीका राजा महेन्द्र र सिंहदरबारका विपी कोइरालाबीच टकरावको स्थिति थियो । त्यतिखेर राजा भनेपछि जनता हुरुक्क हुने र आम जनतामा राजाप्रति भक्तिभाव र श्रद्धा उच्च थियो । विपीबाबूले त्यतिखेर आफूलाई सोशलिस्ट भन्थे र सोशलिस्ट भनेपछि समानताको व्यवहार गर्नुपर्छ भन्ने मान्यता थियो तर शासनमा उनको व्यवहार एन्टिसोशलिस्टझैं थियो । कतिपय बेला कोइरालाले जानाजान राजाको मानहानि गर्थे । राजाहरूको जीवन आधार नै धार्मिक मान्यता । एकपटक त विपीको जिब्रो चिप्लियो र भनेछन्– यो पशुपतिनाथको मन्दिरलाई म्युजियममा राख्नुपर्छ । उनको यो भनाइको खूबै आलोचना पनि भयो । भारतले अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरस“ग सन् १९५० को सन्धि गरी नेपालको हात तल पारेको थियो । राजा महेन्द्रलाई यो असमान सन्धि फिटिक्कै मन परेको थिएन भने भारत रिसाउला भन्ठानेर विपीले त्यतिखेर यो सन्धिको पक्षमा खुलेरै बोलेका थिए । विपी गृहमन्त्री हु“दा भरत शम्शेरको नेतृत्वमा अतिवादी स·ठन गोरखा परिषद् गठन भयो, जसले विपीलाई साङ्घातिक हमला गर्न खोज्दा विपीले पेस्तोल झिकेर गोली चलाउ“दा आक्रमणकारी मारिए । त्यस्तै, विपी गृहमन्त्री हु“दा नै शान्तिपूर्ण जुलुसमा विद्यार्थी चिनियाकाजी मारिए । मोहन शम्शेरलाई पाखा लगाएर आफू प्रधानमन्त्री बन्ने चाहना विपीमा प्रबल थियो तर राजा र नेहरूको दबाबमा २००८ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि काङ्ग्रेसमा भा“डभैलो मच्चिन थाल्यो । २०१५ फागुन ७ गते भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो । त्यतिखेर संसदीय चुनावमा कुल ९० स्थानमध्ये नेपाली काङ्ग्रेसले ७४ स्थान जितेको थियो । काङ्ग्रेसले दुई तिहाइ ल्याएको राजा महेन्द्रलाई भित्रभित्रै मन परेको थिएन । त्यतिखेर अतिवादी भनिने गोरखा परिषद् संसद्मा प्रमुख प्रतिपक्षी थियो । रौतहटका खा“टी काङ्ग्रेसी भनिने स्व शेख इद्रिस त्यो बेला प्रजा परिषद्बाट जितेका थिए । म गोर्खाली हु“ भन्दै गोरखाबाट उम्मेदवार बनेका काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई पनि पराजित भए । त्यतिखेर कम्युनिस्टहरूले चार सिट जिते । कमलराज रेग्मी (पाल्पा), शेख फरमान र हरदयाल (सर्लाही) र तुलसीलाल अमात्य (ललितपुर) ।

राजालाई दबाउन प्रधानमन्त्री हु“दा विपीले ज·लको राष्ट्रियकरण, बिर्ता उन्मूलनलगायतका कतिपय निर्णयले राजा र भाइ भारदार रिसाएका थिए । २०१५ वा २०१६ सालमा राजा महेन्द्र विराटनगर जा“दा भनेछन्– विराटनगरमा त जताततै काङ्ग्रेस देखिन्छ, प्रजा परिषद् खै ? अर्थात् प्रजा परिषद्ले काङ्ग्रेसस“ग टक्कर लेओस् भन्ने महेन्द्रको चाहना रहेछ, जसबारे विपीका जासुसहरूले उनलाई सुनाउ“दा विपी र राजाबीच झनै मनमुटाव बढेछ । काङ्ग्रेसका बागी नेता डा केआइ सिंहले विपीहरूलाई तह लगाउन सक्ने छा“ट देखेर राजाले डा केआइ सिंहसमेतलाई प्रधानमन्त्री बनाए तर केही लछारपाटो लागेन । काङ्ग्रेस कमजोर पार्न राजा महेन्द्रले सुवर्ण शम्शेरको अध्यक्षतामा सर्वदलीय राष्ट्रिय सरकारसमेत बनाए तर २०१५ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई कसैले रोक्न सकेन । सन् १९४६ मा भारतको बनारसमा स्थापना भएको अखिल भारतीय नेपाली काङ्ग्रेस पछि गएर नेपाली राष्ट्रिय काङ्ग्रेस नामकरण गरियो, जसलाई अचेल हामी नेपाली काङ्ग्रेस भन्ने गर्दछौं ।

नेपाली कम्युनिस्टहरूको सालनाल, पार्टीको नाम, थर र ठेगाना परिवर्तन भइरहने भएकाले अचेल यिनलाई छेपारे पार्टीका सदस्य भन्न थालेका छन् । देख्नुभएन सत्तामा उक्लदाखेरी एउटा नाम र अहिले छद्म नामका कम्युनिस्टहरू नै सत्ता र विपक्षमा मस्तले रतौली खेलिरहेका छन् । ६० वर्ष अघि र अहिलेको अवस्था उस्तै छ । अस्तु ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्