सोमवार ४० जना सङ्क्रमित थपिए

0

प्रस, वीरगंज, ३० चैत/
पर्सा र बारामा सोमवार ४० जना कोरोना सङ्क्रमित थपिएका छन्।
नारायणी अस्पतालमा ९५ जनाको स्वाब परीक्षण गरिएकोमा पर्साका ३७ र बाराका ३ जना गरी ४० जना थपिएको प्रवक्ता डा सरोजरोशन दासले बताए।
२१ जना पुरुष र १९ जना महिला सङ्क्रमित थपिएको र उनीहरूको सिटी भ्यायु १४.६ देखि ३५.८ सम्म रहेको उनले बताए।
यसअघि हिजो आइतवार पर्साका २३ र बाराका ५ गरी २८ जना सङ्क्रमित थपिएका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here