पोखरियामा निश्शुल्क आँखा शिविर सम्पन्न

51

प्रस, पोखरिया, २८ चैत/
पर्साको पोखरिया नगरपालिका वडा नं ४ मा शनिवार निश्शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल वीरगंजको आयोजना र नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं ३ को संयोजनमा आँखा जाँच शिविर सम्पन्न भएको हो।
शिविरको उद्घाटन नेपाल नेत्रज्योति सङ्घका वरिष्ठ उपाध्यक्ष श्याम पोखरेलले गरेका थिए। नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति लुकमान अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य रामेश्वरप्रसाद रौनियार, पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, वडा नं ४ का अध्यक्ष लक्ष्मण साह कानू, जसपा नेता नेजामुद्दीन समानी, समाजसेवी गोरख साह कानूलगायतको सहभागिता थियो। शिविरमा ४४५ जनाको निश्शुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षण भएकामध्ये २१४ जनामा मोतीबिन्दु देखिएको अस्पतालले जनाएको छ। मोतीबिन्दु देखिएकाहरूको रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालमा यही सोमवारदेखि शल्यक्रिया गरिने डा शिवशङ्कर गुप्ताले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्