पर्साका विभिन्न स्थानमा आगलागी, दर्जनौं घर जले

104

प्रस, वीरगंज, २८ चैत/
पर्सा जिल्लाका विभिन्न स्थानमा आगलागी हँुदा दर्जनौं घर जलेर नष्ट भएका छन्। पर्साको धोबिनी गाउँपालिका–४ लङ्गडीमा शनिवार दिउँसो ३ बजे आगलागी हँुदा एकवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लङ्गडीले जनाएको छ।
प्रहरी नायब निरीक्षक रामबाबू यादवका अनुसार शौखी साहको घरमा अचानक आगलागी हुँदा दुई लाख मूल्यबराबरको सम्पत्ति जलेर नष्ट भएको छ। वीरगंज तथा पोखरियाबाट गएको वारुण यन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। त्यसैगरी, सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ बलुवामा पनि आगलागी हँुदा तीनवटा घर जल्नुका साथै पाँचवटा चौपाया जलेर घाइते भएका छन्। स्थानीय प्रभु यादव, नन्दु यादव र शङ्कर यादवको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।
प्रभु यादवको घरमा बिहान ११ः३० बजे लागेको आगलागीमा नन्दु यादवको घरमा रहेको २० क्वीन्टल धान जलेर नष्ट भएको छ। सो घटनामा एउटा पाडा, एउटा भैंसी जलेर घाइते भएका छ।
यसैगरी, शङ्कर यादवको फुसको घर जल्नुका साथै दुईवटा भकारीमा रहेको अन्दाजी ५० क्वीन्टल धान, एउटा भैंसी र दुईवटा पाडी घाइते भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए। आगलागी नियन्त्रण गर्न पोखरियाबाट गएको वारुणयन्त्र तथा स्थानीयले सहयोग गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्