टेबलटेनिस क्रिकेटको उपाधि पटना टीमलाई

46

प्रस, वीरगंज, २८ चैत/
पशुपति आदर्श क्लब वीरगंजद्वारा आयोजना गरिएको महिला तथा पुरुष टेबलटेनिस क्रिकेटको उपाधि भारत बिहारको पटना टीमले जितेको छ।
शनिवार भएको महिलातर्फको खेलमा पटनाको टीम विजयी भयो भने पुरुषतर्फ पशुपति आदर्श क्लब विजयी भयो।
विजयी टीमलाई कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए। सो अवसरमा उनले देश विकासको लागि खेलकूदको भूमिका महत्वपूर्ण हुने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्