लिपिबद्ध स्मृति ः ज्ञानको संरक्षण

28

सञ्जय मित्र

अहिले युग बदलिरहेको छ। ज्ञानको क्षेत्र प्रविधिसित जोडिंदै गएको छ। खुल्ला प्रकृतिमा रमाउनेहरू अब साइबर संस्कृतिमा रमाउन थालेका छन्। साइबर संस्कृतिको युग शुरू भएको धेरै भएको छैन तर हाम्रो समाजमा समेत साइबरमा रमाउनेहरूको सङ्ख्या गुणात्मकरूपमा बढ्दै जानुका पछाडि साइबर संस्कृति जीवनसित जोडिन पुग्नु पनि हो।
आजभोलि साइबर संस्कृतिको विकासले दुनियाँ मुठीमा छ वा एउटा कोठामा छ भनिन्छ। इन्टरनेट र ल्यापटप छ भने संसारका गतिविधि देख्न तथा पढ्न पाइन्छ। ज्ञानविज्ञानका सारा सामग्री एउटा कोठाबाट नै प्राप्त गर्न सकिन्छ। घरको एउटा कुनामा बसेर संसारका जुनसुकै ठाउँको बारेमा आधिकारिक जानकारी पाउन सकिन्छ। यसले गर्दा ज्ञानको भण्डारको रूपमा यसलाई लिन थालिएको छ।
यद्यपि साइबरको महत्व दिनानुदिन बढ्दो छ र मानिसले आप्mना अनुभव तथा अन्य सामग्रीलाई पनि इन्टरनेटमैं सुरक्षित पार्न थालेका छन् तर लिखित वा लिपिबद्ध स्मृतिको महत्व अझै खासै कम हुन सकेको छैन। भिजुअल सामग्रीलाई हेर्दा कहिलेकाहीं लाग्दछ कि जसले भिडियो बनाएको हो, त्यो बनेर हेर्दा एउटा आनन्द आउँछ तर साँचो अर्थमा आपूm रमाउन सकेको पाइँदैन। भिडियो हेर्न मानिस चाहिं स्वतन्त्र दर्शक बन्न सकेको पाइँदैन। यस गुणको अभाव देखिन्छ। तर त्यही दृश्य वा अनुभूति जब प्रकृतिको खुल्ला संसारमा हेर्दछौं, त्यसको आनन्द सीमाविहीन हुन पुग्दछ।
भिडियोमा त्यसलाई प्रस्तुत गर्नेको दृष्टि वा दृष्टिकोण एकदमै स्पष्ट हुन्छ। त्यही दृष्टिकोणलाई आत्मसात् गरी ग्रहण गरेमा त्यसमा रमाउन सकिन्छ तर प्रत्यक्षमा आनन्द ग्रहणको आप्mनो सीमा हुन्छ। भिडियोको मनोविज्ञान र स्वतन्त्रताको मनोविज्ञानमा पाइने भिन्नताभन्दा फरक सोही कुराको लिपिबद्धता हुन्छ। कुनै प्राकृतिक दृश्यको भिडियो हेरेर अत्यन्तै लोभिन्छौं भने त्यसलाई वास्तविकतामा हेर्न जाँदा अझ हृदयलाई पुलकित पार्नुपर्ने हो। तर कुनै ठाउँ वा त्यसको प्रकृतिको बारेमा यदि कसैले लिपिबद्ध गर्दछन् र अझ स्मृति वा नियात्रात्मक शैलीमा लिपिबद्ध गर्दछन् भने त्यसलाई आप्mनो हिसाबले पढ्न सकिन्छ। भिडियोको प्रस्तुति प्रस्तुतकर्ताको आप्mनो रुचि अनुसार हुन्छ भने स्मृतिको विषयवस्तु लेखकको आप्mनो रुचि अनुसार तर प्रस्तुति पाठकको रुचि अनुसार हुने हुनाले स्मृतिको लिपिबद्धता बढी रुचिकर हुने मानिन्छ।
त्यस जमानामा लिपिबद्ध स्मृतिको चलन थियो कि थिएन तर स्मृतिलाई भगवान् कृष्णले पनि प्रशंसा गरेका छन्। उनले स्मृतिलाई कतिसम्म महत्व दिएका छन् वा उनको समयमा स्मृतिको कति धेरै महत्व थियो भन्ने कुरा उनको यो भनाइबाट स्पष्ट हुन्छ कि उनले आपूmलाई स्मृतिमा मनुस्मृति भनेका थिए। मनुस्मृतिको महत्व, आवश्यकता वा उपादेयता तथा समर्थन र विरोध आप्mनो ठाउँमा छँदैछ। मनुस्मृतिलाई भगवान् श्रीकृष्णले आप्mनो गीतावाणीमा समेट्नु मनुस्मृतिको महत्वको कारण मात्र हो कि स्मृतिको मूल्य र मान्यताको कारण पनि हो ? वास्तवमा गीतोपदेशको समयमा स्मृतिले एउटा मूल्य स्थापित गरिसकेको थियो र भगवान् श्रीकृष्णले यसरी भन्दा अन्य स्मृतिहरू पनि प्रचलनमा थिए भन्न सकिन्छ। अन्य ऋषिहरूका पनि स्मृतिहरू लौकिक वा मौखिक परम्परामा विद्यमान थिए। अनेक अग्रजका स्मृतिमध्ये भगवान् श्रीकृष्णलाई अत्यन्तै मन परेको स्मृति चाहिं मनुस्मृति हो।
अत्यन्त प्रिय मनुस्मृतिलाई नै भगवान् श्रीकृष्णले स्मृतिहरूमा म मनुस्मृति हुँ भनेर मनुस्मृतिको मूल्य र महिमालाई अझ बढाएका छन्। साथै समग्र स्मृतिको पनि गौरव बढाएका छन्।
उसो त नेपालमा जङ्गबहादुरको बेलायत यात्रा खूब प्रशंसित र प्रचारित छ। नेपाली स्मरण वा नियात्रा साहित्यको दृष्टिकोणले यसको खूब महत्व रहेको छ। नेपालमा अर्को अत्यन्तै प्रिय मानिएको पृथ्वीनारायण शाहको दिव्योपदेश पनि हो। पृथ्वीनारायण शाहपछिको मोतीराम भट्टका केही रचना उनको जमानामा खूब प्रशंसित थिए तर अहिले जमाना निकै बदलिइसकेको छ। जसरी मनुस्मृतिका कतिपय कुरा अहिले काम नलाग्ने वा विपरीत विचारको भएजस्तो लाग्दछ, त्यसैगरी पृथ्वीनारायण शाहको दिव्योपदेश तथा मोतीराम भट्टका रचनाहरूमा पनि समसामयिक जीवनपद्धतिमा जस्ताको तस्तै लागू हुन वा परिवर्तित परिवेशले केही प्रश्न पनि जन्माउन सक्ने देखिन्छ। हो, यहींनेर पनि अनुभूत्यात्मक लेखनको महत्व कस्तो वा कसरी भन्ने पनि झल्कन्छ।
वर्तमानमा अनुभूति लेखन, अनुभव लेखन तथा नियात्रा लेखनको प्रचलन बढ्दै गएको तथा आत्मकथा लेखनले पनि निकै उचाइ प्राप्त गरिसकेको छ। अनुभूति, अनुभव, नियात्रा, आत्मकथा आदिमा लेखकले आप्mनो निजी विचार मात्र प्रस्तुति गरेका हुँदैनन् र निजी विचार मात्र प्रकाशन गरेको कृतिले अलिकति पनि चर्चा पाएको देखिंदैन। अझ कुनै व्यक्ति कतै घुम्न गएको सन्दर्भ (नियात्रा वा यात्रा निबन्ध, यात्रा संस्मरण)लाई लिपिबद्ध गर्दा आप्mनो अनुभूतिको निजात्मक प्रस्तुतिसँगै यदि सम्बन्धित ठाउँको इतिहास, भूगोल तथा केही रोचक पक्षलाई पनि समेट्दछन् भने त्यसले अलिकति बढी ओज बढाएको मानिन्छ। निजी अनुभूतिको पनि सार्वजनिक चासो हुन पुग्दछ। सम्भवतः चिनियाँ यात्री हुआनसाड्ढो यात्रा वर्णन इतिहासको स्रोत बन्न पुग्नुमा यही कुराले पनि काम गरेको हुनुपर्छ। पुगेको समय तथा त्यहाँको वातावरण र परिवेशलाई समेट्दा इतिहासको लागि एउटा सामग्री हुन पुग्दछ भने वर्तमानको लागि पनि इतिहासको चासो राख्ने वा इतिवृत्तिको प्रस्तुति एकै ठाउँमा हुने हुन्छ।
वरपरका कतिपय कुरामा पनि ध्यान नपुगेर कतिपयले खासै जानकारी प्राप्त गर्न सकेका हुँदैनन्। आप्mनै वरपर पनि ज्ञानको खजाना रहेको देखिन्छ। जति धेरै खोज्यो उति धेरै गहन सामग्रीहरू पाइने रहेछन् र यदि प्रस्तुतिको कला स्मृति वा कथात्मक छ भने अलिकति पाठकले बढी रुचाएर आफैंले प्रचार पनि गरिदिने रहेछन्। अहिले त फेरि मिडियाको युग छ र सामाजिक सञ्जालले पनि काम गरिरहेको हुन्छ। सामाजिक सञ्जालमा भाइरल पनि हुन सकिने रहेछ। यसले विषयवस्तुको विस्तार तथा पठन संस्कृतिको विस्तार गर्नुका साथै सम्बन्धित ठाउँको पनि प्रसार हुने रहेछ।
प्रकाशित लिपिबद्ध सामग्रीलाई इतिहास पनि मानिएको छ। इतिहासका अनेक स्रोतमा स्मरण पनि आएका छन्। लिपिबद्ध स्रोतको प्रयोजन पृथक हुन सक्ने देखिन्छ। यसर्थ कतिपय अवस्थामा यथार्थ पात्रको यथार्थ प्रस्तुति पनि इतिहासमा काम लाग्ने सामग्री बन्न पुग्दछन्। यस कारण सम्भव भएसम्म आप्mना त्यस्ता स्मृति जो आप्mनो जीवनमा मूल्यवान् लाग्दछन्, तिनीहरूलाई सम्भव भएसम्म लिपिबद्ध गरेर सार्वजनिक गर्नु आवश्यक छ। लिपिबद्ध स्मरणहरू वर्तमान पुस्ताका लागि धरोहर र भावी पुस्ताका लागि इतिहास हुन सक्छन्। ती स्मरणहरू समयका दस्तावेज बन्न सक्दछन्। समयको चित्र बन्न सक्दछन्। धेरै पक्षका साक्ष्य बन्न सक्दछन्। आप्mनो मनको गुम्फन निकाल्ने साधन बन्न सक्दछन् र कतिपय अवस्थामा साध्य पनि बन्न पुग्दछन्। यसर्थ स्मृतिहरूलाई लिपिबद्धताको निकास दिएर अनुभूतिलाई मूर्त दिने स्तरमा आप्mना अन्तर्मनलाई सार्वजनिक गर्नु आवश्यक छ। ज्ञानको संरक्षण लिपिबद्ध स्मृतिमार्फत सम्भव छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्