पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी, सदस्यहरूको सम्मान

64

प्रस, वीरगंज, २७ चैत/
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाका नवनिर्वाचित पदाधिकारी सदस्यलगायतलाई शुक्रवार कालिकामाई गाउँपालिकाले कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।
वीरगंजमा गापाका अध्यक्ष नथुनीप्रसाद कुशवाहा, वडाध्यक्ष पवन तिवारीले महासङ्घका नवनिर्वाचित अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, महिला उपाध्यक्ष सुषमा शर्मा, सचिव भूषण यादव, सहसचिव जियालाल साह, कोषाध्यक्ष सञ्जीव मिश्रलगायत सदस्य, केन्द्रीय परिषद् सदस्य तथा प्रदेश परिषद् सदस्यका साथै प्रदेश २ मा नवनिर्वाचित महासचिव एवं नेपाल पत्रकार महासङ्घ, पर्साका निवर्तमान सभापति श्याम बन्जारालाई सम्मानित गरेका थिए।
गापा अध्यक्ष कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष श्याम बन्जारा, नवनिर्वाचित अध्यक्ष अनुप तिवारी, वडाध्यक्ष पवन तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको यही चैत २५ गते निर्वाचन भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्