आन्तरिक राजस्व वीरगंजद्वारा आठ महीनामा रु ४ अर्ब ४२ करोड असुली

0

प्रस, परवानीपुर, २४ चैत/
आन्तरिक राजस्व कार्यालय वीरगंज पर्साले चालू आवको आठ महीनामा रु ४ अर्ब ४२ करोड ५६ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ।
कार्यालयले चालू आवको गत साउनदेखि फागुनसम्म रु ५ अर्ब २९ लाख ८५ हजार राजस्व लक्ष्य पाएकोमा ८८.४६ प्रतिशत राजस्व सङ्कलन गरेको छ।चालू आवको पछिल्लो आठ महीनामा आयकरतर्फ रु ९७ करोड १२ लाख ७२ हजार लक्ष्य पाएकोमा लक्ष्यभन्दा ३५.९४ प्रतिशत अर्थात् रु १ अर्ब ३२ करोड ३ लाख ६ हजार, अन्तःशुल्कतर्फ रु ३ अर्ब १६ करोड १६ लाख १५ हजार लक्ष्य पाएको ५२.४३ प्रतिशत अर्थात् रु १ अर्ब ६५ करोड ७७ लाख ३२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ८२ करोड १३ लाख ८ हजार राजस्व लक्ष्य पाएकोमा लक्ष्यभन्दा ६९.५५ प्रतिशत बढी अर्थात् रु १ अर्ब ३९ करोड २५ लाख ३२ हजार राजस्व लक्ष्य सङ्कलन भएको छ। कार्यालयका सूचना अधिकारी ह्दयनारायण महतोका अनुसार घरबहाल करतर्फ रु २ करोड ८ लाख ७२ हजार लक्ष्य पाएकोमा रु २ करोड २१ लाख १५ हजार, ब्याजकरतर्फ रु २ करोड ४५ लाख ३० हजार लक्ष्य पाएकोमा रु ३ करोड २९ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ। गत आवको साउनदेखि फागुनसम्म रु ५ अर्ब ६२ करोड ४५ लाख ७४ हजार राजस्व लक्ष्य पाएकोमा कार्यालयले रु ४ अर्ब ६० करोड ३९ लाख २ हजार राजस्व सङ्कलन गरेको थियो। यस चालू आवमा कोरोना महामारी, व्यवसायीले कर तिर्न नचाहेको र पर्सामा सञ्चालित ७ वटा मदिरा उद्योगमध्ये ६ उद्योगको उत्पादन ठप्प रहेको कारण पनि राजस्व सङ्कलनमा कमी आएको सूचना अधिकारी महतोको भनाइ छ। उनका अनुसार आधा दर्जन मदिरा उद्योग बन्द भए तापनि राजस्व विभागले लक्ष्य नघटाएको र हिमालयन डिस्टिलरी सञ्चालनमा रहे तापनि गोल्डेन ओकको उत्पादन वीरगंजबाहिर शहरबाट भइरहेकोले राजस्वमा –हास आएको उनको भनाइ छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here