देशव्यापी डढेलो

0

अहिले नेपालको प्रायः वन–जङ्गलमा डढेको लागेको छ। कतिसम्म भने वन–जङ्गलभन्दा दशौं माइल टाढासम्म तुवाँलोको साम्राज्य छ। देश होलीमा रमाइरहेका बेलादेखि लागेको तुवाँलो केही कम भएपनि श्वासप्रश्वासमा समस्या र आँखा पिरो हुने समस्या देखिएको छ। यसको भयावहता कतिसम्म देखियो भने विद्यालयहरू नै बन्द गर्नुप–यो र मौसम विभागले सूचना जारी गरेर मानिसलाई आवश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गर्नुप–यो। यद्यपि तुवाँलोको मार सबभन्दा बढी राजधानीले बेहोर्नुपरेको छ। किनकि चार भञ्ज्याङभित्रको उपत्यका भएकोले यसको प्रदूषण हतपती बाहिर निस्कन पाउँदैन। त्यसैले डढेलोजन्य तुवाँलो होस् वा सवारीसाधनबाट निष्कासित प्रदूषण हतपती राजधानीबाट निस्कन मान्दैन। कि हावा चल्नुपर्छ वा पानी नै पर्नुपर्छ। अहिले राजधानीभन्दा कम भएपनि तराईसमेत यस विपदाको चपेटमा परेको छ। शुरू दिनमा त सास फेर्न अप्ठ्यारै भएको थियो। धेरैले यसलाई जाडोले बिदा मागेकोले कुहिरो लागेको नै भन्ठानेका थिए। तर उकुसमुकुस बढेपछि यो तुवाँलो भएको र पछिका समाचारहरूमा देशभरिका प्रायः वन–जङ्गलमा डढेलो लागेको थाहा भएको थियो।
वन–जङ्गलमा आगो लाग्ने विभिन्न कारणमध्ये प्रायः मानिसको लापरवाही वा स्वार्थ हो। लापरवाही यस कारण कि मानिसले धूम्रपान व अन्य कुनै कारणले वन वा वन क्ष्Fेत्रमा आगो लगाउँदा डढेलो लाग्छ। मानिसले वनक्ष्Fेत्र अतिक्रमण गर्दछ र बालीनाली लगाउँछ, बालीनालीमा वन्यजन्तुहरूले नोक्सान पु–याउँछन्, वन–जङ्गलछेउका मानिसले पशुपालन गरेका हुन्छन्, जसका लागि नयाँ घाँस–बिरुवा चाहिन्छ, यी सब कारणले पनि मानिसले जानीजानी आगो लगाएको हुन्छ। फेरि वन–जङ्गलबाट काठपात चोर्नेहरूले पनि डढेलो लगाइदिएपछि चोरी तस्करी सजिलो हुने ठानेर आगो लगाइदिन्छन्, जुन फैलेर डढेलोको रूप लिन्छ। त्यसबाहेक प्राकृतिकरूपले पनि आगो लाग्छ। सुक्खा मौसममा सुकेका रूखहरू आपसमा ठक्कर खाँदा घर्षणले आगो उत्पन्न हुन्छ र डढेलोको रूपमा विकसित हुन्छ। प्राकृतिक डढेलो भने कम नै हुने गर्दछ। पहाडी क्ष्Fेत्रमा सुक्खा पहिरो जाँदा ढुङ्गाहरू आपसमा ठोकिएर पनि आगो सल्कने र यसले दावानलको रूप लिन्छ। आगलागीका कैयौं कारण हुन सक्छ। यी सबप्रति सतर्क र जागरूक रहनु र आगलागीका कारक कुनै कार्य हुन नपाओस्, भइहाल्यो भने तत्काल रोकथामका उपाय गरिहाल्न चनाखो हुनुबाहेक अर्को उपाय छैन।
पहिले–पहिले यस्ता आगजनी भइहाल्यो भने पनि सर्वत्र विस्तार हुन नपाओस् भनेर जङ्गलहरूको समानान्तर बीचबीचमा फायर–लाइन बनाइन्थ्यो। यसको मुख्य उद्देश्य नै जङ्गलको सहज निरीक्षण र आगोको मार्गमा बाधा उत्पन्न गर्नु हो। फायर–लाइनको एकातिर आगो लागेको थाहा हुनेबित्तिकै सुरक्षाकर्मीलगायत सरोकार समूहले अर्को भागमा आगो फैलन नदिन त्वरित कारबाई गर्ने हो भने आगलागीबाट अनावश्यक नोक्सान हुन पाउँदैन। वन–जङ्गलमा लागेको आगोबाट वनस्पति र त्यहाँ बस्ने जीवजन्तुले अतिशय नोक्सान त बेहोर्नु नै पर्छ, मानिस पनि यसबाट प्रभावित हुन्छ। आगलागीको चपेटमा वन–जङ्गलनजीकका बस्तीमा पनि आगो सल्कन सक्छ। डढेलोबाट उत्पन्न धूवाँले पारेको नोक्सान त हामीले बेहोरि नै सकेका छौं। यसर्थ सुक्खा मौसम शुरू हुने बित्तिकै सुकेका झारपातमा विशेषज्ञहरूको निगरानीमा नियन्त्रित आगो लगाएर, दावानल बन्नबाट रोक्न अघि सर्नुपर्छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here