ग्रामीण क्षेत्रमा नापतौलको पुरानै साधन प्रयोग

0

प्रस, सेढवा, १३ चैत/
पर्साको वीरगंज महानगरपालिका बाहेक ग्रामीण क्षेत्रमा नापतौलको लागि पुरानै साधनको प्रयोग भइरहेको छ। नापतौल तथा गुणस्तर कार्यालयले प्रविधिको विकाससँगै विद्युतीय नापतौलको व्यवस्था गरे पनि ग्रामीण क्षेत्रमा यसको प्रयोग हुन सकेको छैन।
अप्रमाणित मेशिनबाट नापतौल हुँदै आएको छ। पुरानै ढक–तराजुको प्रयोग सबैखाले पसल र बजारमा हुने
गरेको छ। केही पसलेले अप्रमाणित ढक–तराजुको प्रयोग गरेका छन् भने केहीले परम्परागतरूपमा रहेको इँटा, ढुङ्गाको ढक पनि प्रयोग गर्दै आएका छन्। जीराभवानी गापा–५ का उपभोक्ता महेन्द्र महतोले परम्परागत ढक–तराजुको प्रयोग बजार र पसलहरूमा भइरहेको बताए। पर्साका ग्रामीण क्ष्Fेत्रमा नापतौल विभागबाट प्रमाणित ढक–तराजुभन्दा भारतबाट अप्रमाणित ढक–तराजुको प्रयोग बढी भइरहेको महतोले बताए। अप्रमाणित ढक–तराजुबाट ग्राहकहरू ठगिने गरे पनि यस सम्बन्धमा स्थानीय पालिकाले चासो देखाएको छैन।
अझ ठोरी र जीराभवानी गापाका कतिपय बजार, पसलहरूमा अहिले पनि माना, पाथी, मुरीको प्रयोग भइरहेको छ। पटेर्वासुगौली गापाका वडाध्यक्ष एवं गापा प्रवक्ता विजय गैरेले गापामा नापतौलको साधन प्राचीनकालीन प्रयोग नभएको दाबी गरे। उनले आफ्नो गापामा सरकारद्वारा प्रमाणित ढक–तराजुको प्रयोग भइरहेको दाबी गरे। उनले स्थानीय व्यापारीहरूले विद्युतीय ढक–तराजुको प्रयोग गर्दै आए पनि सोको प्रमाणीकरण नापतौलबाट हुन नसकेको स्वीकारे। उनले त्यस्ता प्रयोगकर्तालाई गापाले निश्चित समय प्रदान गरी परिवर्तन गराउन लगाउने बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here