अकोराव प्रदेश २ को बैठक सम्पन्न

52

प्रस, महोत्तरी, ९ चैत/
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) प्रदेश नं २ को मुख्यालय स्थल छनोट गर्ने निर्णय भएको छ। सोमवार महोत्तरीको बर्दिबासमा सम्पन्न पहिलो बैठकले जनकपुर र बर्दिबासमध्ये एक स्थानमा प्रदेश कार्यालय खोल्ने निर्णय गरेको हो।दुई स्थानमध्ये कुनै पनि एक स्थानमा कार्यालय सञ्चालन भएमा आफूहरूलाई मान्य हुने भन्दै प्रदेश समितिका सदस्यहरूले स्थान छनोट गर्ने र कार्यालय सञ्चालनसमेत गर्ने जिम्मेवारी समितिका पदाधिकारीहरूलाई सुम्पिएको सहभागीहरूले बताएका छन्। प्रदेश अध्यक्ष मनोजकुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश कार्यसमितिको बैंक खाता सञ्चालन गर्ने, संस्थामा आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धि एवं सङ्गठनात्मक सुदृढीकरण गर्नेलगायतका सम्बन्धमा निर्णय गरेको अकोराव प्रदेश २ की उपाध्यक्ष उपासना तिवारीले बताएकी छन्।
समितिका सचिव अच्युत पौडेलले सहजीकरण गरेको बैठकमा अकोराव प्रदेश २ का इन्चार्ज जिवछ चौधरी पनि सहभागी थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्