१० जनामा कोरोना सङ्क्रमण पुष्टि

0

प्रस, वीरगंज, ८ चैत/
नारायणी अस्पतालको प्रयोगशालामा आज विभिन्न जिल्लाका पचासजनाको पिसिआर परीक्ष्Fण गर्दा १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।
विगत लामो समयदेखि ‘नो टेस्ट नो केस’को अवस्था रहेको नारायणी अस्पतालमा आज आइतवार पचास जनाको पिसिआर परीक्ष्Fण गरिएको थियो।
जसमा पर्साका तीनजना, बाराका छजना र झापाका एकजना गरी १० जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो। पर्सा जिल्लाको वीरगंज–१० का २८ वर्षीय र ३८ वर्षीय पुरुष, वडा नं. ३१ का २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।
बाराको जीतपुरसिमरा उपमनपा–२ का ३६ वर्षीया महिला, वडा नं. ३ का ३८ वर्षीय पुरुष, २८ वर्षीया महिला, वडा नं. ५ का २० वर्षीय पुरुष, वडा नं. ८ का २४ वर्षीय पुरुष, वडा नं. ९ का ३१ वर्षीय पुरुष र झापा, मेची नगर–१२ निवासी २५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here