२०७७ चैत ०७ गते शनिवारको प्रतीक दैनिक
पौने दुई वर्ष बित्दा पनि प्रयोगविहीन पानी प्रशोधन केन्द्र
प्रस, वीरगंज, ६ चैत/ नेपाल सरकार, शहरी विकास मन्त्रालय, वीरगंज महानगरपालिका, नगर विकास कोष तथा एशियाली विकास बैंकको संयुक्त लगानीमा वीरगंज महानगर–१ शान्तिनगरमा निर्मित फोहर पानी प्रशोधन केन्द्र बनेको पौने दुई वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन। मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत निर्मित पानी प्रशोधन केन्द्रको २०७६ भदौ १० गते […]
श्रीराम कोलोनी जग्गा ठगी प्रकरण : जाटिया छुटे, चारजना लेखनदास पक्राउ
प्रस, वीरगंज, ६ चैत/ वीरगंज महानगर–२ छपकैयास्थित श्रीराम कोलोनी जग्गा ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेको प्रेम जाटियालाई हाजिर जमानीमा छाडिएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले जाटियालाई बुधवार बेलुकी हाजिर जमानीमा छाडेको स्रोतले जनाएको छ। जग्गा ठगी प्रकरणमा पर्सा प्रहरीले जाटियालाई दुई साताअगाडि पक्राउ गरेको थियो। पक्राउ परेको तीन दिनपछि प्रहरीले सार्वजनिक गरेको जाटियालाई बुधवार नाटकीय […]
जग्गा मुआवजा वितरण प्रक्रियामा पुनः विवाद
प्रस, वीरगंज, ६ चैत/ आइसिपी र ड्राइपोर्टबीच रहेको खल्वाटोला श्रीसिया गाउँको जग्गा मुआवजा वितरण प्रक्रिया पुनः रोकिएको छ। सबै प्रक्रिया पूरा भई मुआवजा वितरण कार्य अन्तिम चरणमा रहेको अवस्थामा स्थानीय बासिन्दाहरूले चित्त नबुझेको भन्दै विवाद शुरू गरेका छन्। नेपाल सरकारको २०७३/९/२७ गतेको निर्णय अनुसार ६२ बिघा जमीन अधिग्रहण गरिएको हो। मुआवजा निर्धारण समितिको २०७६ मङ्सिर […]
प्रेस चौतारीको बैठक, शनिवार अध्यक्ष घोषणा गरिने
प्रस, वीरगंज, ६ चैत/ प्रेस चौतारी नेपाल, पर्सा कार्यसमितिको बैठक सम्पन्न भएको छ। आवाज एफएममा भएको बैठकमा सहभागीहरूले नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनको सन्दर्भमा आआफ्नो सुझाव व्यक्त गरेका थिए। चौतारी, पर्सा एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको बैठकमा पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य महेश दास, पत्रकार महासङ्घ प्रदेशका उपाध्यक्ष केसी लामिछाने, […]
पेन्शनको टेन्शन !

मुकुन्द आचार्य यो मनुष्यलोकमा सबैभन्दा श्रेष्ठ र सबैभन्दा नीच मान्छे नै हो। यो मान्छे भनाउँदा पशुले अत्यन्त नीच काम पनि गरेकै छ र उत्तिकै उच्चतम काम गरेर नाम, दाम, माम पनि हाम गरेकै छ। अचम्म उल्काको छ, यो मान्छेको जात १ यसै क्रममा मान्छेले गाईगोरु, बाख्रा, खसी, बोका, भैंसी, कुकुर आदि पालेझैं टेन्शन पनि पालेको […]
द्रोण पर्व–३६

उमाशङ्कर द्विवेदी त्यहाँ पुगेर भगवान् श्रीकृष्ण र अर्जुनले पृथ्वीमाथि मस्तक टेकेर ढोगे। ती दुई नर र नारायणलाई त्यहाँ आएको हेरेर शङ्करजी अत्यन्त प्रसन्न भएर हाँस्दै भने– वीरवरहरू हो, तपाईंहरू दुवैजनालाई कैलाशमा स्वागत छ, विश्राम गर्नुहोस् र मलाई भन्नुहोस्– तपाईंहरूको के इच्छा छ। तपाईंहरू यहाँ जुन कामले आउनुभएको छ, म त्यसलाई अवश्य नै पूर्ण गर्नेछु। भगवान् […]
पहुना टाटी फारके झाँकतारन

राजेश मिश्र देहातमा आगन्तुकलाई ‘पहुना वा मेहमान’ मानिन्छ। यद्यपि ‘पहुना’ भनेपछि ‘दामाद वा बहनोइ’ (दिदी/बहिनीका पति) भन्ने मनोविज्ञान स्थापित छ। दामाद र बहनोइ अति सम्मानित र आदरणीय कुटुम्ब हुन्। पहुनालाई घरका मात्र होइन, गाउँका सबै मानिसहरू सम्मान गर्दछन्। इज्जत गर्दछन्। नाता अनुसार ढोग्ने र आशीर्वाद लिने/दिने शिष्ट आचरण विद्यमान छ। गाउँका मानिसहरूले दामाद/बहनोइको कुशल मङ्गल […]
अप्लाइड हिस्ट्री र आफ्नै अप्लाइड हिस्ट्री

सञ्जय मित्र एक मित्र भन्दै थिए– सबैभन्दा बढी अप्लाइड सब्जेक्ट म्याथ हो र सबैभन्दा कम अप्लाइड हिस्ट्री। आजभोलि यस किसिमको भाषा शिक्षित समुदायमा सुपाच्य भइसकेको छ र जो नेपाली वा मातृभाषामा यस प्रकार इङ्ग्लिश शब्दको प्रयोग गर्दैनन्, उनीहरूलाई अरूहरूले कमजोर ठानेको पाइन्छ वा मौका पर्दा जिस्क्याउने पात्रको रूपमा प्रयोग गर्दछन्। मैले प्रश्न गरें– आफनो तीन […]
नेपालमा अब वाम आन्दोलन सकिएकै हो त ?

वैधनाथ ठाकुर भारतीय महानगर कोलकाताको श्यामबजारको एउटा चियापसलमा खोलिएको २००६ सालको पहिलो नेपाल कम्युनिस्ट पार्टी आजको मितिसम्म आइपुग्दा एकहत्तर हिउँद पार गरेको छ। यसबीच हजारौं जनता मुक्तिको नाममा शहीद भएका छन्। हजारौं आमाको काख रित्तिएको छ। हजारौं चेलीको सिन्दूर पुछिएको छ। तर आज यी सबै शहादतको प्रतिफल जनताले के पायो भनेर सिंहावलोकन गर्दा उही हात […]