पर्सामा घरेलु/सामाजिक, आत्महत्या र करणीको घटना बढ्यो

0

प्रस, वीरगंज, ४ चैत/
पर्सा जिल्लामा घरेलु हिंसा, सामाजिक हिंसा, आत्महत्या र जबरजस्ती करणीका घटनाहरू बढ्दै गइरहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्क अनुसार आव २०७५/०७६ मा ७८६ वटा घरेलु हिंसाका घटना भएका थिए भने सोमध्ये ६८० वटा फछ्र्योट भएका थिए। यसैगरी, गत आव २०७६/०७७ मा ६३१ वटा घटना भएकामा ५१४ वटा फछ्र्योट भएका थिए। चालू आवको फागुन महीनासम्म ३३३ वटा घटना भएकामा १६७ वटा फछ्र्योट भएको जिप्रका पर्साले जनाएको छ। सामाजिक हिंसा अन्तर्गत आव २०७५/०७६ मा ८९७ वटा घटना भएकामा ७७५ वटा फछ्र्योट भएका थिए। गत आवमा ७६९ वटा घटना दर्ता भएकामा ६७५ वटा फछ्र्योट भएका थिए भने चालू आवको फागुन महीनासम्म ३९१ वटा घटना दर्ता भएकामा १६५ वटा फछ्र्योट भइसकेका छन्।
जबरजस्ती करणीको मुद्दामा आव २०७५/०७६ मा ३३ वटा घटना भए भने गत आवमा ३९ र चालू आवको फागुनसम्म २२ वटा दर्ता भएका छन्। यसैगरी, जबरजस्ती करणी उद्योगमा गत वर्ष चारवटा घटना दर्ता भएका थिए भने चालू आवको फागुनसम्म ५ वटा घटना दर्ता भइसकेका छन्।
मानव बेचबिखनमा गत आवमा ७ र चालू आवमा एउटा मात्र मुद्दा दर्ता भएका छन्। बहुविवाहमा गत आवमा ९ र चालू आवमा दुईवटा मुद्दा दर्ता भएका छन् भने कर्तव्य ज्यान मुद्दामा गत आवमा १० र चालू आवमा ५ वटा दर्ता भएका छन्।
आत्महत्यामा गत आव ६६ र चालू आवमा फागुनसम्म ४२ वटा मुद्दा दर्ता भए। बाल यौन दुव्र्यवहारमा गत आवमा ४ र चालू आवको फागुनसम्म ५ वटा मुद्दा दर्ता भएका छन्। दाइजोविरुद्धको मुद्दामा गत आवमा ३ र चालू आवमा एउटा मात्र मुद्दा दर्ता भए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here