मेयर कप क्रिकेट मनकामनाले जित्यो

0

प्रस, वीरगंज, ३ चैत/
वीरगंज महानगरपालिकाद्वारा आयोजित दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिताको उपाधि मनकामना माविले जितेको छ। वीरगंजको आदर्शनगर रङ्गशालामा मङ्गलवार भएको फाइनल खेलमा साउथजोन माविलाई ५८ रनअन्तरले पराजित गर्दै मनकामनाले उपाधि उचालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मनकामना माविले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा ११४ रनको योगफल खडा गरेको थियो। मनकामनाका असीम अविरीले २२, सन्नीले १८ र असरफ मन्सुरीले १६ रनको योगदान दिएका थिए। ११५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको साउथजोनले १६ ओभर ५ बलमैं पूरा विकेट गुमाएर ५९ रनमा सीमित रह्यो। फाइनल खेलको ‘म्यान अफ दि म्याच’ मनकामनाका शिवम गुप्ता घोषित भए।
विजेता टीमलाई वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा नगरप्रमुख सरावगीले महानगरपालिकाले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर दक्ष र उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताए। प्रतियोगिता फागुन १९ गतेदेखि शुरू भएको थियो। प्रतियोगितामा महानगर क्षेत्रका २६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here